बालुवाटारमा नेकपा सचिवाल बैठक
काठमाडौं २५ चैत । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको केन्द्रीय सचिवालय बैठक बसिरहेको छ । कोरोना संक्रमणपछि मुलुकको अवस्थाबारे छलफल गर्न बैठक बसेको हो । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा कोभिड–१९ र समसामयिक राजनीतिक परिस्थितिका बारेमा छलफल भइरहेको छ । कोरोना संक्रमणपछि मुलुकको स्थिति, सरकारले गरिरहेका काम, अब अपनाउनुपर्ने आवश्यक रणनीति, स्वास्थ्य सामग्री खरिदमा उत्पन्न विवाद लगायतका विषयमा बैठकमा छलफल हुँदै छ । बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सरकारका तर्फबाट कोभिड १९ अथवा कोरोना भाइरसको विश्वव्यापी संक्रमण, रोकथाम र उपचारको क्रममा चालिएका कदम र उपलब्धिहरूको बारेमा बैठकलाई जानकारी दिने कार्यसूची छ । लकडाउन पछि पहिलो पटक नेकपाको बैठक बसेको हो ।
क्याटेगोरी : राजनीति, समाचार, स्वास्थ्य
ट्याग : #नेकपा सचिवाल बैठक
ताजा खबर
- १भद्रपुर विमानस्थलमा रन–वेबाट चिप्लिएको विमानका सबै यात्रु सुरक्षित
- २प्रवक्ता महतलाई गगनले भने : बैठकमा चुप लागेर बस्ने, तल आएर धेरै बकबक नगर्नुस्
- ३गगन थापालाई मानबहादुर नेपालीको खुला–पत्र,नेतृत्व लिन हतार नगर्नुहोस्
- ४ढुक्क भए हुन्छ, पार्टी फुट्दैनः विश्वप्रकाश शर्मा
- ५समानुपातिक उम्मेद्वारको सूचीमा रहेकाले नाम फिर्ता लिए मात्रै थप्न पाइने



तपाईको कमेन्ट लेख्नुहोस्