ब्लड क्यान्सर पिडितको ज्यान बचाईदिन आग्रह
रुकुम पुर्व ६ पुस । रुकुम पुर्वको भूमे गाउँपालिका ५ सेराबाङ्ग गाउँ निबासी गुण बहादुर बुढामगरका १७ बर्षिय छोरा टेकजीतमान बुढामगर ब्लड क्यान्सरबाट ग्रसीत भएका छन । करिब ३ महिना पहिले देखि ब्लड क्यान्सरको लक्षण देखा परेपछि उपचार सुरु गरिएको थियो । एक महिना देखी काठमाडौ महाराजगंज स्थित शिक्षण अस्पतालमा जाँच गर्दा ब्लड क्यान्सर भएको प्रमाणित भए पछि उनको एक महिनादेखि अस्पतालमै उपचार भइरहेको छ । उपचारमा सहभागी डाक्टरको भनाई अनुसार बुढामगरलाई ७० प्रतिशत बचाउन सकिने संभावना छ । तर त्यसको लागि ३० देखि ३५ लाख रकम लाग्ने भएकोले सहयोगका लागी अपिल गरिएको छ । दुई बर्षसम्म उपचार गर्नु पर्ने र रकम धेरै लाग्ने भएपछि परिवारमा समस्या भएको छ । छोरा बचाई दिन उनका बुवालाई सहयोगी दाताहरुलाई आग्रह गरेका छन् । दुई बर्षको हुँदा आमा गुमाएका बिरामीको बृद्ध अवस्थामा रहेका बुवा नै बिरामीको सहारा बनेका छन् । बिरामीका बुवा गुणबहादुर भन्छन् “अब मेरो छोरोको ज्यान बचाउन मसंग घरखेत केही छैन । त्यसैले सहयोगी मन, दानी हातहरुले सहयोग गर्न अनुरोध गर्छु । संसारभर छरिएर रहेका सहयोगी मन र दानी हातहरुलाई छोरोको ज्यान बचाइदिन उनले आग्रह गरेका छन् । सहयोगी हातहरुका लागि सिधै बिरामी र बिरामीको नजिकको मान्छेसंग सम्पर्क गर्नु हुन अनुरोध समेत गरिएको छ । उनीहरुको सम्पर्क नम्बर ९८१३०२६६३७ र ९८०६२२२५७० रहेको छ । यसै गरी कुमारी बैंकमा रहेको कल्पना बुढाको खाता नं ०१००००९१८१९००००१ मा रकम जम्मा गरि सहयोग गर्न अनुरोध गरेका छन् ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, समाचार, स्वास्थ्य
ट्याग : #ज्यान बचाईदिन आग्रह
ताजा खबर
- १एमाले ११ औं महाधिवेशन बन्दसत्र (तस्बिरहरु)
- २मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
- ३मुलुकमा नातावाद, कृपावाद र पक्षपातको अन्त्य हुनुपर्दछः प्रधानमन्त्री कार्की
- ४सरकारले संघीय संसदलाई अदृश्य ढंगले बन्देज लगाउने प्रयास गरिरहेको छः देवराज घिमिरे
- ५प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको गुनासोः ‘प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ’



तपाईको कमेन्ट लेख्नुहोस्