जादैन बत्ती, झिलिमिली शहर
काठमाडौं १० कार्तिक । झिलिमिलीको चाड भनेर चिनिने तिहार आज बाट सुरु भएको छ । तिहारमा सबैतिर झिलिमिली बत्ती बाल्ने गरिन्छ । राजधानीको हरेक घर, सडक र गल्लीहरु झिलिमिली बत्तीले सजिएका छन् । बत्तिको पर्व भनेर समेत चिनिने तिहारमा राजधानी झलमल्ल भएको छ । लक्ष्मी भित्र्याउन घरहरु बक्तिले झिलिमिली भएका छन । हरेक घरमा रंगीचंगी बत्तिहरू टाँगिएको छ । शहर, बजार मात्र होइन, गाउँघर पनि दीपावलीका कारण झिलिमिली छन यतिबेला । बक्ति नबलेको घरमा लक्ष्मी बास गर्दिनन् भन्ने विश्वास अनुसार सबैतिर सफसुग्घर गरी दैलो, संघार, झ्याल, ढोका, कौसी, भर्यााङ लगायतका ठाउँमा बत्ती बालेर लक्ष्मिको स्वागत गरिएको छ ।
धपक्क बलेको काठमाडौं र आसपासका क्षेत्र हेर्न लायक छ । विभिन्न स्थानबाट काठमाडौं शहरलाई नियाल्दा तारामण्डलको नजिकै पुगेको जस्तो अनुभुति गर्न सकिन्छ । राजधानीको हरेक घर, सडक र गल्लीहरु झिलिमिली बत्तीले सजिएका छन् । परम्परागत दीयो, दियालो र मैनबत्तीले घरआँगन सजाउने परम्परा भए पनि पछिल्लो समय बढ्दो आधुनिकतासँगै हाम्रो संस्कृतिमा समेत बदलाव आएको छ ।
अहिले तिहारमा परम्परागत दीयो, दियालोभन्दा पनि आधुनिक बत्तीहरुको प्रयोग र माग उच्च हुन थालेको छ । यसले विद्युत खपतको माग समेत उच्च गराएको छ । यस वर्षको तिहारमा झण्डै ८० करोड रुपैयाँको विद्युतीय बत्ती आयात भएको छ । विगतका वर्षहरुमा दीपावलीमा पटक पटक लाइन जाने समस्या हुन्थ्यो । तर, गत वर्षदेखि नेपाल विद्युत प्राधिकरणले काठमाडौंमा लोडसेडिङ हटाएको छ । नेपाल विद्युत् प्राधिकरणले यसपालिको तिहारमा देशभर नै आवश्यकता अनुसार विद्युत् उपलब्ध गराउने र आकस्मिक लोडसेडिङ नहुने जनाएको छ । तिहारकै लागि भनेर विभिन्न खालका दीयो, मालाबत्ती लगायत झण्डै ७० देखि ८० करोड रुपैयाँसम्मको विद्युतीय सामान आयात हुने गरेको छ ।
क्याटेगोरी : अर्थ, जीवनशैली, प्रमुख समाचार, प्रविधि, समाचार
ट्याग : #झिलिमिली शहर
ताजा खबर
- १एचआईभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
- २३१ वर्षदेखि थन्किएको सरकारी जग्गासम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय
- ३सरकारलाई ट्रेड युनियन हटाउने बाटो खुल्यो, अन्तरिम आदेशले पाएन निरन्तरता
- ४आकु ब्रान्डको पानी, उपभोक्ताको स्वास्थ्यमा मनोमानी, भेटियो खतरनाक अखाद्य वस्तु
- ५जेनजी आन्दोलनका ४५ बलिदानीको कथा समेटिएको ‘अधुरा सपना’ पुस्तक विमोचन



तपाईको कमेन्ट लेख्नुहोस्