प्रधानमन्त्री ओली २१ सदस्य टोलीसहित अजरबैजान प्रस्थान
काठमाडौं ७ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओली आज अजरबैजानको राजधानी बाकु प्रस्थान गरेका छन् । असंलग्न आन्दोलन राष्ट्रहरूका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखको १८औँ शिखर सम्मेलनमा सहभागी हुन उनी २१ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ गएका हुन् । प्रधानमन्त्री ओलीका साथ उहाँकी धर्मपत्नी राधिका शाक्य पनि रहेकी छन् । कात्तिक ८ र ९ गते हुन गइरहेको सम्मेलनमा प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मामिला सल्लाहकार डाक्टर राजन भट्टराई, परराष्ट्र सचिव शङ्करदास वैरागी र परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरू सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । बाकुमा दुई दिने मन्त्रिस्तरीय पूर्वतयारी बैठकमा सहभागी हुन परराष्ट्रमन्त्री ज्ञवाली बुधबार त्यसतर्फ प्रस्थान गरेका थिए । प्रधानमन्त्री ओलीले कात्तिक ८ गते शुक्रबार सम्मेलनलाई सम्बोधन गर्नेछन् । शुक्रबार साँझ अजरबैजानका राष्ट्रपति इलहाम अलिएभले आयोजना गर्ने रात्रिभोजमा प्रधानमन्त्री ओली सहभागि हुनेछन् । प्रधानमन्त्री ओलीले सम्मेलनका सन्दर्भमा बाकुमा रहँदा विभिन्न देशका राष्ट्राध्यक्ष र सरकार प्रमुखसँग द्विपक्षीय भेटवार्ताहरू गर्ने कार्यक्रम छ । प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डल कात्तिक १० गते बिहान स्वदेश फर्कने छन् ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #प्रधानमन्त्री ओली २१ सदस्य टोलीसहित अजरबैजान प्रस्थान
ताजा खबर
- १मानवअधिकारलाई राजनीतिबाट अलग्गै राख्नुपर्छः प्रधानन्यायाधीश राउत
- २महाधिवेशनमा हारे पनि माधव नेपाल, भीम रावलहरुको दृष्टान्त लागू हुँदैन, एमालेमै रहन्छौँः ईश्वर पोखरेल
- ३राजनीति तथा नीति निर्माणको तहमा ५० प्रतिशत महिला सहभागिता सुनिश्चित गर्न माग
- ४यथास्थितिमा हुने निर्वाचनले मुलुकलाई थप जटिलतातर्फ धकेल्नेछः राजेन्द्र लिङदेन
- ५विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्था हटाउँछौँः प्रधानमन्त्री कार्की



तपाईको कमेन्ट लेख्नुहोस्