जर्मन चान्सलर मर्केलद्वारा ब्रेक्जिट सम्बन्धी मुद्दा ३० दिन भित्र समाधान गर्न सुझाव
काठमाडौं ५ भदौ । जर्मन चान्सलर एंगेला मर्केलले ब्रेक्जिट सम्बन्धी मुद्दा तीस दिन भित्र समाधान गर्न सकिने बताएकी छिन् । बेलायती प्रधानमन्त्री बोरिस जोनसनसंगको संयुक्त पत्रकार सम्मेलनमा चान्सलर मर्केलले ब्रेक्जिटको महत्वपूर्ण बुँदा आइरिस बोर्डर ब्याकस्टप सम्बन्धी सम्झौतालाई विकल्पका रुपमा अघि सार्न बोरिसनलाई सुझाव दिइन् । यसले बेलायतलाई ब्रेक्जिटलाई टुंगोमा पुर्याउन मद्दत पुग्ने उनको भनाइ थियो । जवाफमा प्रधानमन्त्री बोरिसनले मर्केलको सुझावबाट आफू निकै खुशी भएको बताए । उनले ब्रेक्जिटको विषय बेलायतको जिम्मेवारी भएको स्वीकार गर्दै उनले नयाँ सम्झौता अनुसार यसलाई टुंगोमा पु¥याउन अझै पर्याप्त समय भएको धारणा राखे । बेलायत भ्रमणमा रहेका बोरिसनले आज फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रोनसंग भेट गर्नेछन् । शनिवार जी सेभेन राष्ट्रहरुको सम्मेलन हुनुपूर्व उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसंग पनि भेट गर्नेछन् ।
क्याटेगोरी : प्रमुख समाचार, विदेश, समाचार
ट्याग : #markel
ताजा खबर
- १बजारमा बेथिति मौलाएको बेला उद्योग मन्त्रीमा दीपक साह, सक्लान् त ग्यास दिन ?
- २कांग्रेस सभापति दश बर्ष, ५ पटक प्रधानमन्त्री बनेका देउवा, अझै सक्रिय बन्न किन खोज्दैछन् ?
- ३प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
- ४शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा
- ५मोरङ कारागारमा प्रहरीको छापा, १० लाख नगद र फलामे रड बरामद



तपाईको कमेन्ट लेख्नुहोस्