नेकपा बैठक निष्कर्ष बिहिन, छलफल नै नभएको नेताहरुको दाबी
काठमाडौं ३० साउन । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक निष्कर्ष बिहिन भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहिबार बसेको बैठक निष्कर्ष बिहिन भएको हो । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली सिंगापुरबाट उपचार गरेर फर्केपछिको बैठकले बिवाद मिलाउने बिश्वास गरिएको थियो । बैठकमा केन्द्रीय विभाग, केन्द्रीय कमिटी सदस्यको कार्यबिभाजनमा सहमति जुट्न सकेन । अन्य विभागमा सहमति भएपनि स्कुल विभागमा कुरा नमिल्दा सचिवालय बैठक पटक–पटक स्थगित हुँदै आएको थियो । बिहिबारको बैठकमा नेताहरुले भने कुनै औपचारिक रुपमा छलफल नभएको प्रतिक्रिया दिएका छन् । पार्टी एकताको एक वर्ष पूरा भए पनि अझै प्रक्रिया सकिएको छैन । अहिलेसम्म प्रदेश र जिल्ला कमिटी गठन भइसकेका छन् भने पोलिटब्युरो गठन, केन्द्रीय कमिटीको कार्य्विभाजन, जनवर्गीय संगठनको कमिटीलाई पूर्णता दिन बाँकी नै छ । राष्ट्रिय परिषद्, केन्द्रीय सल्लाहकार समिति, केन्द्रीय आयोग, ज्येष्ठ कम्युनिस्ट मञ्च, केन्द्रीय विभाग गठन समेत हुन सकेको छैन् ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #nekapa
ताजा खबर
- १कांग्रेसले भन्यो– हामी कसैसँग चुनावी गठबन्धन गर्दैनौँ
- २कुलमानले भने–भाषण गरेर कोही प्रधानमन्त्री हुँदैन
- ३एपस्टिनसँग बिताएको प्रत्येक क्षणप्रति मलाई पछुतो छः बिल गेट्स
- ४रास्वपामा प्राइमरी इलेक्सनका नाममा पैसा असुली,धमाधम नेताहरुले छोड्दै पार्टी
- ५फागुन २१ गते एकै चरणमा निर्वाचनबारे प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीको छलफल



तपाईको कमेन्ट लेख्नुहोस्