फेरि बढ्यो सुनको मूल्य, पुग्यो तोलाको ७० हजार
काठमाडौं २३ साउन । सुनको मूल्य इतिहासमै उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार ६९ हजार पाँच सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य बिहीबार तोलामा पाँच सय रुपैयाँले बढेर ७० हजार पुगेको हो । यस्तै तेजाबी सुनको मूल्य तोला पनि पाँच सय रुपैयाँले बढेर ६९ हजार सात सय पुगेको छ। बुधबार तेजाबी सुनको मूल्य तोलामा ६९ हजार दुई सय रुपैयाँ थियो । चाँदीको मूल्य तोलाको १५ रुपैयाँले बढेर आठ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ। हप्ताको पहिलो दिन छापावाल सुनको मूल्य तोलाको ६६ हजार तीन सय थियो । हप्ताको पाँचौँ दिनसम्ममा सुनको मूल्य तोलामा तीन हजार सात रुपैयाँ बढेको छ ।
क्याटेगोरी : अर्थ, प्रमुख समाचार, समाचार
ट्याग : #sun
ताजा खबर
- १बजारमा बेथिति मौलाएको बेला उद्योग मन्त्रीमा दीपक साह, सक्लान् त ग्यास दिन ?
- २कांग्रेस सभापति दश बर्ष, ५ पटक प्रधानमन्त्री बनेका देउवा, अझै सक्रिय बन्न किन खोज्दैछन् ?
- ३प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
- ४शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा
- ५मोरङ कारागारमा प्रहरीको छापा, १० लाख नगद र फलामे रड बरामद



तपाईको कमेन्ट लेख्नुहोस्