नेकपाको सचिवालय बैठकमा स्कुल बिभागको नेतृत्व टुंग्याउने तयारी
काठमाडौं १३ साउन । स्कुल विभागको नेतृत्वमा सहमति हुन नसकेपछि पटक पटक स्थगित हँदै आएको नेकपाको सचिवालय बैठक सोमबार पुन बोलाइएको छ । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा अपरान्ह ३ बजे बस्ने बैठकमा पार्टीको विभागको नेतृत्व टुंगो लगााई नेताहरुको कार्य्विभाजन गरिने छ । यसअघि आइतबारका लागि तय गरिएको बैठक, अन्तिम समयमा स्थगीत भएको थियो । स्कुल विभागमा सचिवालय सदस्यद्धय ईश्वर पोखरेल र नारायणकाजी श्रेष्ठले दाबी गरेपछि मिलाउन नेतृत्वलाई तहमा सकस परेको छ । संगठन विभाग, विदेश विभागजस्ता महत्वपुर्ण विभाग पूर्वएमालेको भागमा परेकाले स्कुल विभागको नेतृत्व आफुहरुले पाउनुपर्ने पूर्वमाओवादी पक्षको अडानका कारण पार्टीमा विवाद देखिएको हो । तत्काल विवाद समाधान गरि एकताका बाँकी काम सक्न अन्य विकल्पमा समेत छलफल गरेका ओली र दाहालले, अन्ततः श्रेष्ठलाई नै स्कुल विभागको जिम्मेवारी दिने तयारी गरेको बुझिएको छ । ३२ विभाग रहने नेकपाले १८ पूर्वएमाले र १४ विभागको नेतृत्व पूर्वमाओवादीलाई दिने सहमति गरेका थिए ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #nekapa
ताजा खबर
- १२१ निर्वाचन क्षेत्रमा पार्टीभित्र ठूलो अन्तर्घातले काँग्रेस पराजित भयो
- २निर्वाचन आयोगद्वारा प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेश
- ३गगन थापाको राजीनामा अस्वीकृत,यी हुन् अस्वीकृत गर्ने आधारहरू
- ४रविलाई बालुवाटारमा प्रधानमन्त्रीले भनिन्– देश रोएको छ, सम्हालिएर अघि बढ्नू
- ५‘फेवातालको किनारबाट सिंहदरबारलाई अल्टिमेटमः ‘भाषणको रेल होइन, बाँच्ने आधार चाहियो’



तपाईको कमेन्ट लेख्नुहोस्