मौद्रिक नीति बुधबार ल्याउने सरकारको तयारी
काठमाडौं ८ साउन । सरकारले बुधबार मौद्रिक नीति ल्याउने तयारी गरेको छ । चालु आर्थिक वर्षका लागि बजेट सार्वजनिक भएको करिब दुई महिनापछि नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७६–७७ को मौद्रिक नीति ल्याउन लागेको हो । यसका लागि अहिले राष्ट्र बैंक सञ्चालक समितिको बैठक बसिरहेको छ । बैठकले पास गरेपछि मौद्रिक नीति सार्वजनिक हुनेछ । बिग मर्जरका लागि प्रोत्साहन प्याकेज घोषणा गर्ने तयारी राष्ट्र बैंकको छ। नेपाल राष्ट्र बैंकले एक वर्षभित्र मर्जरमा जाने बैंकहरुलाई दुई वर्षसम्म स्प्रेड दरमा सहुलियत दिने तयारी गरेको छ । कति सहुलियत दिने भन्ने विषयमा राष्ट्र बैंक सञ्चालक समितिको बैठकले टुंगो लगाउनेछ । बैंकहरूको सेवा शुल्क घटाउन निर्देशन दिएको राष्ट्र बैंकले बैंकहरूका लागि अन्य सुविधा पनि दिने जनाएको छ। राष्ट्र बैंकले पुँजी, कर्जा र निक्षेप अनुपात घटाउने वा हटाउने तयारी गरेको छ। राष्ट्र बैंकले लघुवित्तीय संस्थाहरुलाई पनि मर्जरमा लैजान प्रोत्साहन गर्ने नीति ल्याउने भएको छ । जेठ १५ मा बजेट आएपछि असार पहिलो सातासम्म मौद्रिक नीति ल्याइने भए पनि यस पटक बैंकहरुको बिग मर्जरका कारण ढिलाइ भएको हो ।
क्याटेगोरी : अर्थ, प्रमुख समाचार, समाचार
ट्याग : #maudrike niti
ताजा खबर
- १अस्पतालमा पीडितको गुनासोः कि सास कि लास भेट्न पाए हुन्थ्यो, अव त आशै मर्न थाल्यो
- २भोटेकोशी बाढीमा उद्धार र शव ब्यवस्थापनबारे सरकारमाथि प्रश्न, प्रधानमन्त्रीले दिए जवाफ
- ३रूस–युक्रेन युद्धको प्रभावबीच जी–२० अर्थमन्त्रीहरूको बैठक सकियो
- ४कांग्रेसमा संस्थापन इतर समूहको छुट्टै १५ औं महाधिवेशन, गगनको छुट्टै तयारी
- ५संसदमा बालेनः मन भक्कानिँदा पनि एकआपसमा बिलौना गर्ने समय छैन्



तपाईको कमेन्ट लेख्नुहोस्