धर्ती माता बताउने बिष्णु कुवँर पक्राउ, कुवँरलाई यस्तो हुन्छ कारवाही
काठमाडौं १३ असार । काठमाडौंस्थित भद्रकाली लगायतका विभिन्न मन्दिरमा पुगेर आफूलाई ‘धर्ती माता’ बताउने एक महिलाले प्रहरीकै सुरक्षामा युवती र महिलालाई यातना दिने बिष्णु कुवँरलाई प्रहरीले पक्राउ गरेको छ ।
धर्तीमाताले बोक्सि भगाउने र बिरामी निको पार्ने भन्दै उल्टै यातनालाई सघाउ पुर्याउनेगरी युट्युब र सामाजिक सञ्जालमार्फत प्रचार प्रसार गरिएको तथा प्रहरीले सुरक्षा दिएर यातनालाई सघाएको बारे समाचार आएपछि शुक्रबार बिहान आफूलाई धर्ती माता बताउने बिष्णु कुँवरलाई पक्राउ गरिएको काठमाडौ प्रहरी परिसरका प्रनाउ होबिन्द्र बोगटीले जानकारी दिए । काठमाडौं प्रहरी परिसर, टेकुको विशेष टोलीले बालाजु क्षेत्रबाट पक्राउ गरिएकी कुँबरमाथी अनुसन्धान सुरु गरेको छ भने पीडितलाई उजुरी दिन आग्रह गरेको छ । एक साताअघिदेखी उनले प्रहरी र सर्वसाधारणको भिडमा युवतीलाई यातना दिएको दृश्य बाहिरिएको थियो । यो घटनालाई लिएर प्रहरी प्रशासनको तिब्र आलोचना भएपछि बुधबारबाट कुँबरको खोजिमा प्रहरी जुटेको थियो । मुलुकी अपराध संहिताले बोक्सीको आरोपमा अपमानजन्य व्यवहार गर्नेलाई ५ वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना र कसुर गर्ने व्यक्तिबाट पीडित व्यक्तिलाई पुगेको क्षति वा पीडाबापत मनासिब क्षतिपूर्ति भराइने व्यवस्था गरेको छ । गुल्मी घर भई बुटवलमा बस्दै आएकी आफूलाई धर्ती माता बताएर उपचारका नाममा यातना दिने बिष्णु कुवँरलाई प्रहरीले आखिर कस्तो कारबाही गर्ला त ?
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #dharti mata
ताजा खबर
- १जनताकै सुझावबाट नीति र बजेट बन्ने प्रधानमन्त्री कार्यालयको दावी, ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा
- २विजयको सरकार गठनका लागि तमिलनाडुमा जुट्यो बहुमत
- ३कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छः राष्ट्रपति पौडेल
- ४रास्वपा उपनेता पराजुलीले भनेः पार्टीका सांसदहरु संसदीय भुमिकाबाट विमुख हुने संकेत गर्दैछन्
- ५लहडतन्त्र र भयतन्त्र ल्याउने प्रयासको प्रतिरोध गर्ने गगन थापाको चेतावनी



तपाईको कमेन्ट लेख्नुहोस्