थाइल्याण्डबाट फर्किए पूर्वराजा शाह
काठमाडौं २ असार । झण्डै एक महिनापछि पूर्व राजा ज्ञानेन्द्र शाह स्वदेश फर्किएका छन् । पूर्व महारानी कोलमराज्यलक्ष्मी शाहसहित पूर्व राज शाह गएको जेठको पहिलो हप्ता थाइल्याण्ड पुगेका थिए । उनीहरु फुकेटमा अध्ययनरत नातिनी पूर्णिकाको ग्र्याजुएसन तथा उच्च शिक्षाको निरन्तरताको अवसरमा अभिभावकीय उपस्थितिका लागि गएका थिए । उनीहरुलाई स्वागत गर्न समर्थकहरु त्रिभूवन विमानस्थल पुगेका थिए । उनीहरुले ‘राजा आउ, देश बचाउ’ सहितका नारा लगाएका छन् । थाइल्याण्डमा रहँदा पूर्व राजा ज्ञानेन्द्रले सरकारले ल्याएको गुठी विधेयकबारे चासो व्यक्त गरेको बताइएको छ ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति
ट्याग : #purba raja
ताजा खबर
- १रुकुमपश्चिम कांग्रेसमा उम्मेद्वार सिफारिसमा किचलो, सहमति नै नभई कसरी बाहिरियो नाम ?
- २सुदूरपश्चिमलाई हराउँदै लुम्बिनीले जित्यो एनपीएल सिजन-२ को उपाधि
- ३सल्लाघारीको सभाबाट ओलीको प्रश्न–एमालेमाथि प्रहार किन ?
- ४राजसंस्था जनमत संग्रहबाट होइन, सबैको सहमतिबाटै पुनःस्थापित गर्नुपर्छः राप्रपा
- ५अन्तरिम सरकारद्वारा मन्त्रिपरिषद् विस्तारः चार नयाँ मन्त्रीले लिए शपथ



तपाईको कमेन्ट लेख्नुहोस्