धादिङमा भोज खाँदा ३० जना बिरामी, ११ जनाको अवस्था गम्भीर

धादिङ ३१ जेठ । धादिङको नीलकण्ठ नगरपालिका–११ सिम्ले ज्यामरुङमा पास्नीको भोज खाएकामध्ये ३० जना भन्दा बढी विरामी परेका छन् । स्थानीय रेशम आलेको छोराको पास्नीमा भोज खाएपछि ३० जनाभन्दा बढी विरामी परेको र १९ जनाको अवस्था जटिल भएको बताइएको छ । सञ्जिता आले, सरस्वती आले, पूजा तिमिल्सिना, देवकुमारी आले, मनिता आले, कमला मुर्छान, सुनिता आले, रविना धमला, अर्जुन तिमिल्सिना, महेश आले, जानाबु परियार, रेशम आले, अनुजा तिमिल्सिना, मनिष आले, माहिली राना र अनुषा तिमिल्सिना बिरामी परेका हुन । बुधबार भोज खाएर फर्किएपछि बिरामीहरूमा दिसा पातलो हुने, वान्ता हुने, रिंगटा लाग्ने, ज्वरो आउने र रक्तचाप कम हुने पखाला लाग्ने, रिङ्गटा लाग्ने, रक्तचाप कम हुनेजस्ता लक्षण देखिएको थियो ।
उनीहरुको स्थानीय स्वास्थ्यचौकीमा प्राथमिक उपचारपछि थप उपचारका लागि बिहीबार साँझ धादिङ अस्पतालमा भर्ना गरिएको डम्बरबहादुर अधिकारीले जानकारी दिएका छन् । अस्पतालले ‘फुड प्वाइजन’ भएको हुनसक्ने आशङ्का गरिएको छ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, स्वास्थ्य
ट्याग : #dhading news
ताजा खबर
- १रसुवा बाढीः प्रभावकारी उद्धारका लागि कांग्रेसले गरायो सरकारको ध्यानाकर्षण
- २रसुवामा बाढीः उद्धार र राहतमा सहभागी हुन नेता–कार्यकर्तालाई प्रचण्डको निर्देशन
- ३धादिङको त्रिशूली नदीमा २ जनाको शव भेटियो
- ४रसुवा बाढीमा ६ जना चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन, ९ जनाको उद्धार
- ५स्पेनी लगानीकर्तासँग प्रधानमन्त्री ओलीले भने, नेपालमा लगानी गर्नुस्
तपाईको कमेन्ट लेख्नुहोस्