टुप्पी कसेर लोकसेवा पढ्ने बिद्यार्थी सडक आन्दोलनमा
काठमाडौं २९ जेठ । यतिबेला टुप्पी कसेर लोकसेवा पढ्ने बिद्यार्थी सडक आन्दोलनमा उत्रिएका छन् । संसदीय समितिले लोकसेवा आयोगले खुलाएको विज्ञापन रद्द गर्न सरकारलाई निर्देशन दिएपछि त्यसको विरोधमा राजधानीमा बिद्यार्थी आन्दोलनमा उत्रिएका हुन् ।
लोक सेवा आयोग स्वतन्त्र संवैधानिक अंग भएकाले संसदीय समितिले दिएको सो निर्देशन पालना गर्न बाध्य नहुने पनि कतिपयले बताउदै आएका छन् । मेहनतबाट जागिरका लागि भौतारिरहेका बिद्यार्थीहरु अव के हुन्छ भन्ने अलमलमा परेका छन् । दरखास्त फारम भर्ने या नभर्ने र भरेकाले पनि अव के गर्ने भन्ने दोधारमा छन् । टुयुसन सेन्टरमा दश हजारदेखि बीस हजारसम्म खर्च गरेका उनीहरु लोकसेवाको बिज्ञापन रद्द गरे आफूहरु कहाँ जाने बिकल्प दिन समेत सरकारलाई आग्रह गरेका छन् । संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको गत सोमबार बसेको बैठकले सो विज्ञापन तत्काल रद्द गर्न सरकार र लोक सेवा आयोगलाई निर्देशन दिएको थियो । प्रर्दशनका क्रममा युवा÷विद्यार्थीहरुले लोक सेवा आयोगले खुलाएको सो विज्ञापन रद्द गर्ने निर्देशन फिर्ता नलिएसम्म संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिविरुद्धको आन्दोलन जारी राख्ने चेतावनी पनि दिएका छन । उनीहरुले समिति विरुद्ध चर्को नाराबाजी समेत गरेका थिए । समितिले दिएको सो निर्देशन फिर्ता लिन दवाव दिँदै काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गर्दे आएका छन् ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, लाेकसेवा/जागिर
ट्याग : #loksewa aayog
ताजा खबर
- १रास्ट्रपति पौडेल र रास्वपा सभापति लामिछानेको भेट,के-के भयो कुराकानी ?
- २सबै दलको तर्फबाट एउटा संयुक्त अपिल आउँछ : सभापति लामिछाने
- ३बाघ गणनाको नतिजा सार्वजनिक : संख्या ४२९, वृद्धिदर घट्यो
- ४यस्तो बेलामा पनि प्रधानमन्त्री ठालू बनेर बस्ने हो ? : गगन थापा
- ५गोपालमान श्रेष्ठलाई श्रद्धाञ्जली दिन कांग्रेस कार्यालय पुगे रवि



तपाईको कमेन्ट लेख्नुहोस्