टुप्पी कसेर लोकसेवा पढ्ने बिद्यार्थी सडक आन्दोलनमा
काठमाडौं २९ जेठ । यतिबेला टुप्पी कसेर लोकसेवा पढ्ने बिद्यार्थी सडक आन्दोलनमा उत्रिएका छन् । संसदीय समितिले लोकसेवा आयोगले खुलाएको विज्ञापन रद्द गर्न सरकारलाई निर्देशन दिएपछि त्यसको विरोधमा राजधानीमा बिद्यार्थी आन्दोलनमा उत्रिएका हुन् ।
लोक सेवा आयोग स्वतन्त्र संवैधानिक अंग भएकाले संसदीय समितिले दिएको सो निर्देशन पालना गर्न बाध्य नहुने पनि कतिपयले बताउदै आएका छन् । मेहनतबाट जागिरका लागि भौतारिरहेका बिद्यार्थीहरु अव के हुन्छ भन्ने अलमलमा परेका छन् । दरखास्त फारम भर्ने या नभर्ने र भरेकाले पनि अव के गर्ने भन्ने दोधारमा छन् । टुयुसन सेन्टरमा दश हजारदेखि बीस हजारसम्म खर्च गरेका उनीहरु लोकसेवाको बिज्ञापन रद्द गरे आफूहरु कहाँ जाने बिकल्प दिन समेत सरकारलाई आग्रह गरेका छन् । संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको गत सोमबार बसेको बैठकले सो विज्ञापन तत्काल रद्द गर्न सरकार र लोक सेवा आयोगलाई निर्देशन दिएको थियो । प्रर्दशनका क्रममा युवा÷विद्यार्थीहरुले लोक सेवा आयोगले खुलाएको सो विज्ञापन रद्द गर्ने निर्देशन फिर्ता नलिएसम्म संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिविरुद्धको आन्दोलन जारी राख्ने चेतावनी पनि दिएका छन । उनीहरुले समिति विरुद्ध चर्को नाराबाजी समेत गरेका थिए । समितिले दिएको सो निर्देशन फिर्ता लिन दवाव दिँदै काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गर्दे आएका छन् ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, लाेकसेवा/जागिर
ट्याग : #loksewa aayog
ताजा खबर
- १अर्थमन्त्रीको आश्वासनः क्षतिग्रस्त भवन पुनर्निर्माणका लागि संघ सरकारले सहयोग गर्छ
- २ओलीको चेतावनीः ‘एमाले नेतृत्वमाथि छोएको दिन सरकार ढाल्छौँ, देश ठप्प पार्छौं’
- ३निवार्चनसम्बन्धी अध्यादेश जारी गर्न सिफारिस, जाँचबुझ आयोगको म्याद एक महिना थप
- ४एमाले अध्यक्षमा केपी शर्मा ओली तेस्रो पटक निर्वाचित
- ५बहुमतका आधारमा प्रतिनिधिसभाको उम्मेद्वार सिफारिस गर्दा रुकुमपश्चिमको कांग्रेसमा खैलाबैला !



तपाईको कमेन्ट लेख्नुहोस्