दोस्रो पटक नरेन्द्र मोदी सत्तामा, अमित शाह पनि बने मन्त्री
काठमाडौं १६ जेठ । भारतमा दोस्रो पटक नरेन्द्र मोदी सत्तामा आएका छन् । भारतको राष्ट्रपति निवासमा देशविदेशका ८ हजार अतिथिहरुको उपस्थितिमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दोस्रोपटक सपथ लिएर सत्ताको बागडोर सम्हालेका छन् । त्यस्तै, सहकर्मी मन्त्रीका रुपमा गृह मन्त्रालय राजनाथ सिंहले पाएका छन् भने अमित शाह तेस्रो वरियताका मन्त्री बनेका छन्। सिंह र शाहपछि नितीन गडकरीले चौथो मन्त्रीका रुपमा शपथ लिएका छन्। गडकरीले साबिककै यातायात मन्त्रालय पाएका छन्। सदानन्द गौडा, निर्मला सीतारमण, रामविलास पासवान, नरेन्द्रसिंह तोमर, रविशंकर प्रसादलगायतले पनि मन्त्रीको जिम्मेवारी पाएका छन्। हरसिमरत कौर बादल, धावर चन्द गहलोत, एस जयशंकर, स्मृति इरानीलगायतले पनि मन्त्रीको जिम्मेवारी पाएका छन्। यसअघिको मन्त्रिपरिषदमा शक्तिशाली सदस्यका रुपमा भूमिका खेलेका विदेशमन्त्री सुषमा स्वराज र वित्तमन्त्री अरुण जेट्लीले भने यसपटक जिम्मेवारी पाएनन्। सपथमा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी भएका छन्। ओलीसहित बिमस्टेक सदस्य राष्ट्रका प्रमुखहरु मोदीको सपथ समारोहमा सहभागी भएका थिए। सपथमा विपक्षी कांग्रेस अध्यक्ष राहुल गान्धी र नेत्री सोनिया गान्धी पनि सहभागी भएका थिए।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, विदेश
ट्याग : #india
ताजा खबर
- १जनताकै सुझावबाट नीति र बजेट बन्ने प्रधानमन्त्री कार्यालयको दावी, ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा
- २विजयको सरकार गठनका लागि तमिलनाडुमा जुट्यो बहुमत
- ३कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छः राष्ट्रपति पौडेल
- ४रास्वपा उपनेता पराजुलीले भनेः पार्टीका सांसदहरु संसदीय भुमिकाबाट विमुख हुने संकेत गर्दैछन्
- ५लहडतन्त्र र भयतन्त्र ल्याउने प्रयासको प्रतिरोध गर्ने गगन थापाको चेतावनी



तपाईको कमेन्ट लेख्नुहोस्