जित्ने देखेपछि बिजेपीले बोलायो पार्टी बैठक

काठमाडौं ९ जेठ । भारतीय जनता पार्टीले नरेन्द्र मोदीलाई फेरि संसदीय दलको नेता चुन्न बिहीबार साँझ पार्टी बैठक बोलाएको छ। विजय उत्सव मनाउन र शुभेच्छुकहरुलाई सम्बोधनसमेत गर्न पार्टी बैठक बोलाइएको हो। प्रधानमन्त्रीमा मोदीलाई नै निरन्तरता दिन र गठबन्धनका अन्य दलहरुको अनुमोदन लिन बिजेपीले बिहीबार साँझ साढे पाँच बजे पार्टी बैठक बोलाएको हो। दिल्लीको भाजपा कार्यालयअघि हजारौँ कार्यकर्ताको भिड लागेको छ। प्रधानमन्त्री मोदी र भारतीय जनता पार्टीका अध्यक्ष अमित शाह बैठकका लागि पार्टी मुख्यालय पुगिसकेको भारतीय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन्। देशभरिका ३३९ स्थानमा अग्रता लिइरहेको मोदी नेतृत्वको बिजेपी गठबन्धनले फेरि पाँच वर्षका लागि सत्ताको नेतृत्व पाइसकेको छ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विदेश
ट्याग : #chunab
ताजा खबर
- १प्रचण्डले देशलाई संकटमा हालेका थिए, ओलीले सुधारेः शंकर पोखरेल
- २स्पेनबाट कुलमानको सन्देशः सही नेतृत्व नहुँदासम्म देश अघि बढ्दैन
- ३कुशे औंसीः पितृ सम्मान र कुश भित्र्याइँदै
- ४विज्ञहरू भन्छन् – ‘नेपालको समृद्धिका लागि चीनको साथ अपरिहार्य’
- ५अस्ट्रेलियाद्वारा प्यालेस्टिनी राज्यलाई मान्यता दिने योजना घोषणा
तपाईको कमेन्ट लेख्नुहोस्