पूर्व राष्ट्रपति गार्सियाले गोली हानेर आत्महत्या गरे
एजेन्सी ५ बैशाख । दक्षिण अमेरिकी देश पेरुका पूर्व राष्ट्रपति एलन गार्सियाले आत्महत्या गरेका छन् । पूर्व राष्ट्रपति गार्सियाले आफ्नै घरमा आफैले आफैलाई गोली हानेर आत्महत्या गरेका हुन् । भ्रष्टाचार आरोप लागेका गार्सियालाई प्रहरीले पक्राउ गर्ने तयारी थियो । तर, उनले आफैलाई गोली हानेका हुन् । गार्सियालाई तत्कालै राजधानी लिमामा रहेको अस्पताल लगिएको थियो । पेरुका वर्तमान राष्ट्रपति मार्टिन विज्काराले गार्सियाको निधनको पुष्टि गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।गार्सियाको शव रहेको अस्पताल बाहिर उनका समर्थक भेला भएका छन् । गार्सियामाथि ब्राजिलको निर्माण कम्पनीसँग घुस लिएको आरोप थियो, जुन आरोप उनले अस्वीकार गर्दै आएका थिए । गार्सिया दुई पटक पेरुको राष्ट्रपति थिए । उनले पहिलो सन् १९८५ देखि १९९० तथा २००६ देखि २०११ पेरुको राष्ट्रपतिका रुपमा जिम्मेवारी सम्हालेका थिए । उनलाई पक्राउ गर्न प्रहरी घरमा पुगेको थियो । गार्सियाले प्रहरीसँग टेलिफोन गर्नका लागि समय मागे र आफ्नो कोठामा पसेको पेरुका गृह मन्त्रीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । त्यसपछि उनले ठोका बन्द गरेको र एक मिनेटपछि उनले आफैलाई गोली हानेका हुन् । प्रहरीले ढोका फोरेर भित्रपस्दा गार्सिया कुर्चीमा बसिरहेका थिए र उनको टाउकोमा गोली लागेको थियो । उनलाई ल्याटिन अमेरिकाको जोन एफ केनेडीका रुपमा लिने गरिएको थियो ।
क्याटेगोरी : प्रमुख समाचार, विदेश, समाचार
ट्याग : #hot
ताजा खबर
- १युद्धको भिडियो र फोटो सामाजिक सञ्जालमा हाल्ने ६ नेपाली पक्राउ, कडा कारबाही र डिपोर्ट हुनसक्ने परराष्ट्रको चेतावनी
- २सेवा प्रवाह प्रभावकारी बनाउन काठमाडौं प्रशासनमा ‘सार्वजनिक सम्बोधन प्रणाली’ लागू
- ३नयाँ जनादेशले देशलाई स्थायित्व, विकास र समृद्धितर्फ अघि बढाउने आशा जगायो : प्रधानमन्त्री
- ४पैसाको सदुपयोग गर्न जान्नुपर्छ– गभर्नर
- ५ड्रोन आक्रमणपछि दुबई विमानस्थल अस्थायीरुपमा बन्द



तपाईको कमेन्ट लेख्नुहोस्