पूर्व राष्ट्रपति गार्सियाले गोली हानेर आत्महत्या गरे

एजेन्सी ५ बैशाख । दक्षिण अमेरिकी देश पेरुका पूर्व राष्ट्रपति एलन गार्सियाले आत्महत्या गरेका छन् । पूर्व राष्ट्रपति गार्सियाले आफ्नै घरमा आफैले आफैलाई गोली हानेर आत्महत्या गरेका हुन् । भ्रष्टाचार आरोप लागेका गार्सियालाई प्रहरीले पक्राउ गर्ने तयारी थियो । तर, उनले आफैलाई गोली हानेका हुन् । गार्सियालाई तत्कालै राजधानी लिमामा रहेको अस्पताल लगिएको थियो । पेरुका वर्तमान राष्ट्रपति मार्टिन विज्काराले गार्सियाको निधनको पुष्टि गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।गार्सियाको शव रहेको अस्पताल बाहिर उनका समर्थक भेला भएका छन् । गार्सियामाथि ब्राजिलको निर्माण कम्पनीसँग घुस लिएको आरोप थियो, जुन आरोप उनले अस्वीकार गर्दै आएका थिए । गार्सिया दुई पटक पेरुको राष्ट्रपति थिए । उनले पहिलो सन् १९८५ देखि १९९० तथा २००६ देखि २०११ पेरुको राष्ट्रपतिका रुपमा जिम्मेवारी सम्हालेका थिए । उनलाई पक्राउ गर्न प्रहरी घरमा पुगेको थियो । गार्सियाले प्रहरीसँग टेलिफोन गर्नका लागि समय मागे र आफ्नो कोठामा पसेको पेरुका गृह मन्त्रीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । त्यसपछि उनले ठोका बन्द गरेको र एक मिनेटपछि उनले आफैलाई गोली हानेका हुन् । प्रहरीले ढोका फोरेर भित्रपस्दा गार्सिया कुर्चीमा बसिरहेका थिए र उनको टाउकोमा गोली लागेको थियो । उनलाई ल्याटिन अमेरिकाको जोन एफ केनेडीका रुपमा लिने गरिएको थियो ।
क्याटेगोरी : प्रमुख समाचार, विदेश, समाचार
ट्याग : #hot
ताजा खबर
- १कांग्रेसमा उठ्यो राज्यमन्त्री कान्छारामलाई हटाइएको विषय
- २लण्डनको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थी ओलीकै भएको पुष्टि
- ३सभापतिमाथि लगाएको मुद्दामा दम छैन, सरकारको प्रतिशोध मात्रै होः सोबिता गौतम
- ४भारतले पाकिस्तानबाट हुने आयातमा लगायो पूर्ण प्रतिबन्ध
- ५समाजवादको आधार तयार पारेर मात्रै दुनियाँबाट बिदा हुने संकल्प लिएको छुः प्रचण्ड
तपाईको कमेन्ट लेख्नुहोस्