११ खर्ब ६ अर्ब ३४ करोड बेरुजु रहेको महालेखाको निष्कर्ष

काठमाडौं २९ चैत । महालेखा परीक्षकको कार्यालयले शुक्रबार ५६ औँ वार्षिक प्रतिवेदन राष्टपति बिद्यादेवी भण्डारीलाई बुझाएको छ । प्रतिवेदनमा बेरुजुको अद्यावधी गरी टुंगो लगाउनु पर्ने रकम गत वर्षको तुलनामा यसबर्ष बढेको उल्लेख गरिएको छ । त्यसैगरी महालेखा परीक्षकले प्रतिव्यक्ति ऋणसमेत वृद्धि भएको देखाएको छ । यस वर्ष नेपालीहरुको प्रतिव्यक्ति ऋणभार ३१ हजार ७ सय ५० रुपैयाँ पुगेको छ । महालेखा परीक्षकको कार्यालयका अनुसार यो रकम गत वर्षभन्दा ७ हजार ४३ रुपैयाँले बढी हो । महालेखाले यस वर्ष ६ हजार ६ सय ४४ निकायको ५१ खर्ब ६० अर्ब ९२ करोडको लेखापरीक्षणमा ११ खर्ब ६ अर्ब ३४ करोड बेरुजु भएको देखाएको छ । यो रकम गत वर्षको तुलनामा ५ दशमलब २९ प्रतिशत बढी बेरुजु रकम हो । महालेखाले संघीय सरकारी कार्यालयको ४ हजार ८ सय ४१, प्रदेश सरकारी कार्यालय ६८, स्थानीय तह ७ सय ४७ र समिति र अन्य ८ सय ६२ संस्था र संगठित संस्थान प्रतिष्ठानलगायत नेपाल सरकारको स्वामित्वका ९९ संस्थानको लेखा परीक्षण गरिएको थियो । यो वर्ष ७ प्रदेशको २ अर्ब ६२ करोडको लेखापरीक्षणमा १९ करोड ५१ लाख अर्थात् ७ दशमलब २५ प्रतिशत बेरुजु देखिएको छ । त्यसैगरी, ७ सय ४७ स्थानीय तहको ५ अर्ब ७१ अर्ब ५१ करोडको लेखापरीक्षणबाट २४ अर्ब १४ करोड बेरुजु देखिएको छ । प्रदेश सरकारी कार्यालयको बेरुजु सबैभन्दा बढी ७ दशमलब २५ प्रतिशत रहेको देखाएको छ । यस वर्ष २२ विषयको कार्यमुलक, ३ विषयको सूचना प्रविधि, एउटा वातावरणीय र दुई विषयको विशेष लेखापरीक्षण सम्पन्न गरिएको महालेखाले जनाएको छ । महालेखासँग परामर्श लिएर नेपाल सरकारका विभिन्न ३० वटा संस्थाले लेखापरीक्षण गरेका छन् । ती संस्थाको ७ खर्ब ३९ अर्ब ८० करोडको लेखा परीक्षण भएको हो । जसमा यस वर्ष ५९ खर्ब ७२ करोडको लेखापरीक्षण भएको छ । यसमध्ये १८ सय ५४ वटा कार्यालयको लगती असुल गर्नुपर्ने बेरुजु नदेखिएको महालेखाले जनाएको छ । सरकारी कार्यालयतर्फ १ खर्ब ६ अर्ब ३३ करोड ८० लाख बेरुजुमध्ये ३२ अर्ब ३ करोड ५२ लाख रुपैयाँ असुल गर्नु पर्ने बेरुजु देखिएको छ । त्यसैगरी प्रदेश सरकारी कार्यालयतर्फ नियमित पेश्की र असुल गर्नुपर्ने गरी १९ करोड ५१ लाख र स्थानीय तहमा २४ अर्ब १४ करोड १६ लाख बेरुजु देखिएको छ । यस वर्ष गत वर्षसमेत अद्यावधी गरी ३ खर्ब ७७ अर्ब ४८ करोड बेरुजु देखिएको छ ।
क्याटेगोरी : अर्थ, प्रमुख समाचार
ट्याग : #beruju
ताजा खबर
- १संवैधानिक आयोगका ५२ पदाधिकारी नियुक्तिबारेको फैसला आज आउने
- २माधव नेपालको पदलोलुपता ज्यादै अशोभनीयः सूर्य थापा
- ३नेपाल वायुसेवा निगम ६८ औँ वर्षमा प्रवेश, आर्थिक रूपमा धराशायी, सेवा खस्किँदो
- ४स्पेनका समकक्षीद्वारा आयोजित रात्रिभोजमा प्रधानमन्त्री सहभागी
- ५कुलिङ पिरियडमा गरिएको हेरफेर संसदको अपमान भयोः शेखर कोइराला
तपाईको कमेन्ट लेख्नुहोस्