बैद्य भन्छन् विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाउनु गम्भीर भूल
काठमाडौं २४ चैत । नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन बैद्यले सरकारले नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएर गम्भीर भूल गरेको बताएका छन् । महासचिव बैद्यले चन्द नेतृत्वको कम्युनिष्ट पार्टीलाई प्रतिबन्ध लगाउने केपी ओली, पुष्पकमल दाहालहरू कम्युनिष्ट हुनै नसक्ने भन्दै तत्काल बिप्लवलाई लगाएको प्रतिबन्ध फिर्ता लिन आग्रह गरे । आइतबार देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालको प्रथम राष्ट्रिय सम्मेलनलाई काठमाडौंमा उद्घाटन गर्दै बैद्यले वर्तमान सरकारले देशीविदेशी प्रतिक्रियावादीहरूको संरक्षण गरिरहेको आरोप लगाए । कम्युनिष्टको नाममा प्रतिक्रियावादीहरूको संरक्षण गरिरहेको वर्तमान सरकारविरुद्ध अर्को जनवादी क्रान्ति गर्नुको विकल्प नरहेको उनको भनाई थियो । महासचिव बैद्यले वर्तमान सरकारले शोसित पीडित जनताको प्रतिनिधित्व गर्नै नसक्ने दावी पनि गरे। ओली सरकारलाई बिस्थापित गर्न आन्दोलन गर्नुपर्ने बताए ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति
ट्याग : #mohan baide
ताजा खबर
- १रास्वपामा रवि लामिछानेकै नेतृत्व आवश्यक भएको रञ्जु न्यौपानेको दाबी
- २जेन–जी आन्दोलनसम्बन्धि मानव अधिकार आयोगको सिफारिस गैर संवैधानिक छः बार अध्यक्ष मिश्र
- ३सरकारका नीति र निर्णय जनहितविपरीत रहेको प्रचण्डको आरोप
- ४जग्गाको द्वेध स्वामित्व अन्त्य गर्न सरकार प्रतिवद्ध छः मन्त्री रावल
- ५अदालतको फैसलालाई सरकारको ‘हार–जित’ का रूपमा बुझ्नु संकुचित मानसिकताः मुख्य रजिस्ट्रार पौडेल



तपाईको कमेन्ट लेख्नुहोस्