राष्टपति भण्डारीले चीन भ्रमण गर्ने
काठमाडौं २० चैत । राजतन्त्रको अन्त्यपछि चीनले पहिलो पटक नेपालका राष्ट्र प्रमुखलाई बेइजिङमा ‘रेड कार्पेट’ ओछ्याउने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमणका लागि दुवै देशमा तयारी बैठक भइरहेका छन् । भ्रमणलाई राजकीय वा औपचारिक कुन सम्मान दिने टु्ंगो लागिसकेको छैन । अघिल्ला सम्झौता केलाउनेदेखि नयाँ परियोजना तयारीसम्मको काम काठमाडौंमा भइरहेको अनौपचारिक जानकारी बेइजिङस्थित नेपाली दूतावासले पाएका छन् । राष्ट्रपति भण्डारीलाई बेइजिङमा स्वागत गरेपछि चिनियाँ समकक्षी सी चिनफिङले नेपाल भ्रमण गर्ने सम्भावना बलियो रहेको स्रोतले जनायो । चिनियाँ एक उच्च अधिकारीले राष्ट्रपति सिको भ्रमण सन् २०१९ भित्रै हुनेमा आफू ढुक्क रहेको समाचार अन्नपूर्णमा छापिएको छ ।
क्याटेगोरी : पत्रपत्रिका
ट्याग : #hot
ताजा खबर
- १कांग्रेसमा महामन्त्रीद्वय गगन र विश्वप्रकाशले बोलाए विशेष महाधिवेशन
- २रुकुम पश्चिममा प्रचण्ड र माधवले सम्बोधन गर्ने, दश हजार बढी कार्यकर्ता उतारिने
- ३कांग्रेसको विज्ञप्तीः विशेष महाधिवेशन बोलाउने अधिकार कुनै व्यक्तिलाई हुँदैन, नआउनु
- ४राष्ट्रिय सभा निर्वाचनः १८ पदमा ४४ जनाले दिए उम्मेदवारी
- ५राष्ट्रियसभा निर्वाचनमा एमाले र नेकपासँग तालमेल गर्ने कांग्रेसको निर्णय



तपाईको कमेन्ट लेख्नुहोस्