दलित महिलालाई मोसो दल्ने जनही चार हजारमा रिहा
विराटनगर १६ चैत । ऋण फिर्ता माग्दा दलित महिलालाई मोसो दलेर सार्वजनिक ठाउँमा कुटपिट गर्नेहरू चार हजार धरौटीमा रिहा भएका छन् । जिल्ला प्रशासन कार्यालय मोरङले पारस लिम्बू, फिफराज लिम्बू, गोमा खड्का, उषा लिम्बू, विमला लिम्बू, प्रमिला लिम्बू र पथरी शनिश्चरे नगरपालिकाका बोर्ड सदस्य गीता विश्वकर्मालाई शुक्रबार जनही चार हजार धरौटीमा छोडेको हो । उनीहरूले पथरी शनिश्चरे नगरपालिका–८ दोलु शुक्रबारे गाउँकी ३० वर्षीया शारदा बराइलीलाई ५ चैतमा गाउँकै चौतारोमा लगेर मोसो दल्दै कुटपिट गरेका थिए । ऋण लिएको दुई लाख रुपैयाँ माग्दा छिमेकी पारस लिम्बूको समूहले शारदालाई चरित्रहीनको आरोप लगाउँदै कुटपिट गरेको थियो । घटनामा संलग्न ओमनाथ बराइली, यशोदा थापा र ओममनी लिम्बू र अर्का एक फरार भएको नयाँ पत्रिकाले छापेको छ ।
क्याटेगोरी : पत्रपत्रिका
ट्याग : #hot
ताजा खबर
- १राष्ट्रियसभा निर्वाचनमा एमाले र नेकपासँग तालमेल गर्ने कांग्रेसको निर्णय
- २टी–२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा, शेर पहिलोपटक राष्ट्रिय टोलीमा
- ३जनकपुरमा निधिका समर्थकले जलाए महामन्त्री थापाको पुत्ला
- ४रास्वपा उपसभापतिमा सहमति गरेका कुलमानको दाबीः म कुनै पार्टी सदस्य छैन
- ५विमलेन्द्र निधिमाथि दुर्व्यवहार भएको भन्दै रास्वपा प्रवक्ता मनिष झाले गरे निन्दा



तपाईको कमेन्ट लेख्नुहोस्