ईयूबाट ब्रिटेनको बहिर्गमन, म्याद थप्ने सशर्त सहमति
काठमाडौं ८ चैत । युरोपेली सङ्घ ईयूबाट ब्रिटेनको औपचारिक बहिर्गमनका लागि समयसीमा थप्न ईयूका नेताहरू सहमत भएका छन्। बेल्जियमको ब्रसल्समा सम्पन्न ईयूका नेताहरूको बैठकले ब्रेक्जिटका लागि दुई महिना समयसीमा थप्ने सहमति गरेको बिबिसीले जनाएको छ । ब्रिटिश सांसदहरूले ईयूका नेताहरूसँग भएको सहमतिलाई अर्को हप्ता अनुमोदन गरेका ब्रिटेनले ब्रेक्जिटका लागि आउँदो मे २२ सम्मको समयसीमा पाउनेछ। यदि सांसदहरूले सो सहमतिलाई अनुमोदन गरेनन् भने ब्रेक्जिटका लागि एप्रिल १२ सम्मको सानो समयसीमा दिइनेछ । अवधिमा ब्रिटेनले ईयूसँग सहमति गर्नुपर्ने हुन्छ अथवा अबको बाटो के हुनेछ भन्नेबारे विकल्प दिनुपर्ने हुन्छ।
पछिल्लो सहमतिपछि प्रधानमन्त्री टरिजा मेले ब्रिटिश सांसदहरूका लागि अब स्पष्ट विकल्प भएको बताएकी छन्। यसअघि प्रधानमन्त्री मेद्वारा प्रस्तावित मस्यौदा सम्झौतालाई ब्रिटिश सांसदहरूले दुई पटक अस्वीकृत गरिसकेका छन्। तीन वर्षअघि ब्रिटेनले जनमत सङ्ग्रहमार्फत ईयूबाट अलग हुने निर्णय गरेको थियो। सहमतिमा भइरहेको ढिलाइबारे गएरातिको आफ्नो भाषणमा आफूले ुनिराशा व्यक्त गरेको प्रधानमन्त्री मेले बताइन्। ढिलाइका निम्ति सांसदहरू जिम्मेवार रहेको उनको आरोप थियो। तर सांसदहरू पनि निराश भएको कुराबारे आफू अवगत रहेको उनले बताइन्। सम्झौतालाई समर्थन गर्नेहरूप्रति आफू कृतज्ञ रहेको उनले उल्लेख गरिन्। प्रधानमन्त्री मेले थपिन् हामी एउटा सम्झौतासहित अलग हुनेछौँ र हाम्रो मुलुकलाई अगाडि बढाउनेछौँ भन्ने कुराको सुनिश्चितताका लागि मैले भरमग्दुर प्रयास गर्नेछु। ब्रिटेनले अब युरोपेली संसद्को चुनावमा भाग लिने वा नलिनेबारे पनि निर्णय गर्नुपर्ने छ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विदेश
ट्याग : #hot
ताजा खबर
- १एचआईभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
- २३१ वर्षदेखि थन्किएको सरकारी जग्गासम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय
- ३सरकारलाई ट्रेड युनियन हटाउने बाटो खुल्यो, अन्तरिम आदेशले पाएन निरन्तरता
- ४आकु ब्रान्डको पानी, उपभोक्ताको स्वास्थ्यमा मनोमानी, भेटियो खतरनाक अखाद्य वस्तु
- ५जेनजी आन्दोलनका ४५ बलिदानीको कथा समेटिएको ‘अधुरा सपना’ पुस्तक विमोचन



तपाईको कमेन्ट लेख्नुहोस्