गोवाको मुख्यमन्त्रीले लिए राति २ बजे शपथ

काठमाडौं ५ चैत । भारतको गोवाका मुख्यमन्त्री मनोहर पर्रिकरको निधन भएपछि विधानसभाका सभामुख प्रमोद सावंतले मंगलबार राति दुई बजे मुख्यमन्त्रीको शपथ लिएका छन् । उनले राजभवनमा राति मुख्यमन्त्रीको शपथ लिएका हुन् ।सावंतसँगै ११ विधायकले मन्त्रीको शपथ लिएका छन् । पर्रिकर सरकारमा रहेका ९ सहित महाराष्ट्रवादी गोमांतक पार्टीका सुधिन धवलिकर र गोवा फर्वार्ड पार्टीका अध्यक्ष विजय सरदेसाईले मन्त्रीको पनि शपथ लिएका हुन् । धवलिकर र सरदेसाईलाई उप मुख्यमन्त्रीको जिम्मेवारी पाउने देखिएको छ । सोमबार दिउँसो पर्रिकरको अन्तिम संस्कारपछि गोवामा राजनीतिक सरगर्मी बढेको थियो । आइतबार बेलुका नै केन्द्रीय मन्त्री नितिन गडकरी गोवा पुगेका थिए । सोमबार अबेर राति उनी पार्टी तथा समर्थक पार्टीका विधायकको पत्र लिएर राजभवन पुगेका हुन् । ४० सिटको गोवामा अहिले ३६ विधायक छन् । कांग्रेसका १४ र भाजपाका १२ विधायक छन् । अरु स्थानीय पार्टीका विधायक छन् ।
क्याटेगोरी : राजनीति, विदेश
ट्याग : #hot
ताजा खबर
- १सुदूरपश्चिमका वन मन्त्रीलाई राजीनामा दिन दवाव
- २इजरायल र इरानका नेपालीलाई परराष्ट्रले भन्यो-बाहिर ननिस्कनू, नेपालबाट त्यता नजानू
- ३बालुवाटारमा सत्तारुढ दलका शीर्ष नेताको छलफल, धेरैपछि गगन थापाको पनि इन्ट्री
- ४चक्रे मिलनमाथि खुँडा प्रहारले गयो दिपक मनाङेको सांसद पद
- ५शास्त्रीको निधनमा कांग्रेसले तीन दिन झण्डा आधा झुकाउने
तपाईको कमेन्ट लेख्नुहोस्