बिप्लव खोज्न रोल्पातिर प्रहरी
काठमाडौं ३ चैत । काठमाडौंबाट आज प्रकाशित अधिकांश दैनिक पत्रिका पहिलो प्राथमिकतामा राजनीतिक दलमा देखिएका समस्यामा केन्द्रीत छन् । पत्रपत्रिकाहरुले दलभित्रको विवाददेखि मन्त्रीमण्डल हेरफेरसम्मका विषयलाई पनि प्राथमिकता दिएर उल्लेख गरेका छन् ।
कान्तिपुरले नेत्रविक्रम चन्द विप्लव समूहका गतिविधि नियन्त्रण गर्न रोल्पामा केन्द्र र प्रदेशबाट थप सुरक्षाकर्मी खटाइएको उल्लेख गरेको छ ।
त्यस्तै, भारत र अमेरिकामा रहेका आवासीय राजदूतलाई मन्त्रीसरह मान्यता दिने सरकारको निर्णयलाई विज्ञहरुले ‘लज्जास्पद कूटनीति’का रुपमा व्याख्या गरेको पनि कान्तिपुरले लेखेको छ ।
नेपाल समाचारपत्रले मन्त्रीहरुको कामप्रति असन्तुष्ट प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमण्डल हेरफेरको तयारी गरेको लेखेको छ । मन्त्री परिवर्ततका लागि पार्टी अध्यक्षसमेत रहेका प्रचण्डसँग प्रधानमन्त्रीले छलफल गरेको र उनले सबै मन्त्री बदल्न प्रचण्डलाई सुझाव दिएको दाबी छ ।
हेरौ आजका पत्रिकाले छापेका समाचारहरु
क्याटेगोरी : पत्रपत्रिका
ट्याग : #hot
ताजा खबर
- १बजेटमाथिको छलफल कर्मकाण्डी भएको ओलीको टिप्पणी
- २मनसुन शुरु भएसँगै मेलम्चीका स्थानीयबासीमा त्रास
- ३ग्यालरी बैठक सांस्कृतिक र पुरातात्विक स्वरूप झल्किने बनाउ
- ४प्रधानमन्त्री बालेन्द्र शाहले दिएको सीमा सम्बन्धी अभिव्यक्तिबारे प्रतिपक्षले मागे जवाफ
- ५खर्च कटौतीका एक दर्जन प्रश्तावः बजेटमाथि विपक्षी सांसदका प्रश्नैप्रश्न



तपाईको कमेन्ट लेख्नुहोस्