नेकपा र कांग्रेस कार्यकर्ताले पनि गरे पूर्वराजालाई स्वागत

उदयपुर २ चैत । पूर्वराजा ज्ञानेन्द्र शाहले उदयपुरको गाईघाटस्थित राधाकृष्ण मन्दिरमा पुजाअर्चना गरेका छन् । जनकपुरबाट आफैं गाडि चलाएर गाईघाट पुगेका शाहलाई पूर्वमन्त्री हरिबहादुर बस्नेत, राप्रपा नेता राजन गुरुङसतिह नेपाली कांग्रेसका स्थानीय जनप्रतिनिधि तथा कार्यकर्तादेखि नेकपाका कार्यकर्ताले स्वागत गरेका थिए। उनको स्वागतमा ठूलो संख्यामा शुभेच्छुकहरु पुगेका थिए ।
त्यसअघि जनकपुरबाट गाईघाट जाने क्रममा पनि उनलाई ठाउँ ठाउँमा स्वागत गरेका थिए। जनकपुरबाट साढे दुई घण्टा आफैं गाडि चलाएर शाह गाईघाट पुगेका थिए। गाईघाटको राधाकृष्ण मन्दीरमा उनलाई स्वागत गर्नेको ठूलो भीड थियो ।
पछिल्लो समय पूर्व राजा शाह देशव्यापी धार्मिक भ्रमणमा निस्किएका छन्। यसपछि उनी सप्तरी जाने कार्यक्रम रहेको छ।
शुक्रबार जनकपुरमा उनले मधेस र मधेसी बारे आफ्नो धारणा सार्वजनिक गरेका थिए।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, समाचार
ट्याग : #hot
ताजा खबर
- १सुदूरपश्चिमका वन मन्त्रीलाई राजीनामा दिन दवाव
- २इजरायल र इरानका नेपालीलाई परराष्ट्रले भन्यो-बाहिर ननिस्कनू, नेपालबाट त्यता नजानू
- ३बालुवाटारमा सत्तारुढ दलका शीर्ष नेताको छलफल, धेरैपछि गगन थापाको पनि इन्ट्री
- ४चक्रे मिलनमाथि खुँडा प्रहारले गयो दिपक मनाङेको सांसद पद
- ५शास्त्रीको निधनमा कांग्रेसले तीन दिन झण्डा आधा झुकाउने
तपाईको कमेन्ट लेख्नुहोस्