सांसद रेशम चौधरीलाई जन्मकैद, राजपाको आपत्ति
कैलाली २२ फागुन । जिल्ला अदालत कैलालीले टीकापुर घटनामा मुख्य अभियुक्तका रुपमा सांसद रेशम चौधरीलाई जन्मकैदको फैसला सुनाएको छ । न्यायाधीश परशुराम भट्टराईको एकल इजलासले चौधरीसहित ११ जनालाई दोषी ठहर गरी जन्मकैद सुनाएको हो । लक्ष्मण थारुलाई तीन वर्ष कैद सजाय सुनाएको छ । उनले तीन वर्ष जेल बसिसकेका छन् । मधेसी(थारु आन्दोलनका क्रममा २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा भएको हिंसात्मक घटनामा प्रहरीका एसएसपीसहित ८ जनाको मृत्यु भएको थियो ।घटनापछि फरार भएका चौधरी कैलाली १ मा राजपाबाट प्रतिनिधिसभा सदस्यको चुनाव जितेका थिए । वारेसमार्फत चुनाव जितेको प्रमाणपत्र लिन पाउनुपर्ने माग गर्दै सर्वोच्च अदालतसम्म गएका चौधरीले मुद्दा हारेपछि २०७४ फागुन १४ मा जिल्ला अदालत कैलाललीसामू आत्मसमर्पण गरेका थिए । तर, जेलमै रहेका बेला २०७५ पुस १९ मा चौधरीले सांसदको सपथ लिएर जेलमै राखिएको थियो ।
जन्मकैद पाउनेहरु
जिल्ला अदालतले चौधरीसँगै हरिनारायण चौधरी, राजकुमार कठरिया, सुन्दरलाल कठरिया, वृजमोहन डगौरा, रनजेश चौधरी, वीरबहादुर चौधरी, प्रदिप चौधरी, विद्रोह भन्ने सीताराम चौधरी, श्रवण चौधरी र गंगारमक डगौरा चौधरीलाई मुलुकी ऐन ज्यान सम्बन्धी महलको १३ र ३० अनुसार जन्दकैलको सजाय सुनाएको हो । उनीहरु मध्ये श्रवण नावालक भएकाले बालबालिकासम्बन्धी ऐन २०४८ को दफा ११ को ३ अनुसार १० वर्ष मात्र कैद हुनेछ । यो फैसलापछि राजपाले भने अदालतको निर्णयमा आपत्ती जनाएको छ । उसले पूर्वाग्रही भएर फैसला आएको आरोप पनि लगाएको छ ।
क्याटेगोरी : प्रमुख समाचार, समाचार
ट्याग : #hot
ताजा खबर
- १जनताकै सुझावबाट नीति र बजेट बन्ने प्रधानमन्त्री कार्यालयको दावी, ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा
- २विजयको सरकार गठनका लागि तमिलनाडुमा जुट्यो बहुमत
- ३कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छः राष्ट्रपति पौडेल
- ४रास्वपा उपनेता पराजुलीले भनेः पार्टीका सांसदहरु संसदीय भुमिकाबाट विमुख हुने संकेत गर्दैछन्
- ५लहडतन्त्र र भयतन्त्र ल्याउने प्रयासको प्रतिरोध गर्ने गगन थापाको चेतावनी



तपाईको कमेन्ट लेख्नुहोस्