‘कम्युनिष्ट सरकार नरुचाएकाले राजतन्त्र ल्याउने खेल’
बुटवल – राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसीले विदेशी शक्ति केन्द्रले कम्युनिष्ट सरकार नरुचाएकाले राजतन्त्र ल्याउने खेल सुरु भएको बताएका छन् ।
शनिबार बुटवलमा प्रगतिशील पत्रकार मञ्चले आयोजना गरेको पत्रकार भेटघाटमा उनले गणतन्त्र, धर्मनिरपेक्ष, समावेशीकरणलगायतका उपलब्धिको संरक्षण नगरे राजतन्त्र फकर्ने र त्यो पनि नसके निरङ्कुशता ल्याउने प्रपञ्च भएको छ भने।
अध्यक्ष केसीले सङ्घीय प्रणालीले मुलुक अस्तव्यस्त भएकाले विदेशी हस्तक्षेप बढेको उल्लेख गर्दै गणतन्त्रमाथि कालो बाँदल मडारिएको बताए । राजनीतिक दलले हरेक ठाउँमा भागबण्डा गरेर भ्रष्टाचारलाई प्रोत्साहित गरेको आरोप लगाउँदै उनले नीतिगत भ्रष्टाचार अहिले झन बढेको दाबी गरे ।
मुलुकमा रेमिट्यान्स भित्र्याएर तीन तहको सरकार सञ्चालन नहुने उल्लेख गर्दै अध्यक्ष केसीले सङ्घ र स्थानीय तहबाहेक प्रदेशको कुनै भूमिका नभएको जिकिर गरे ।
क्याटेगोरी : प्रमुख समाचार
ट्याग : #hot
ताजा खबर
- १रास्वपामा रवि लामिछानेकै नेतृत्व आवश्यक भएको रञ्जु न्यौपानेको दाबी
- २जेन–जी आन्दोलनसम्बन्धि मानव अधिकार आयोगको सिफारिस गैर संवैधानिक छः बार अध्यक्ष मिश्र
- ३सरकारका नीति र निर्णय जनहितविपरीत रहेको प्रचण्डको आरोप
- ४जग्गाको द्वेध स्वामित्व अन्त्य गर्न सरकार प्रतिवद्ध छः मन्त्री रावल
- ५अदालतको फैसलालाई सरकारको ‘हार–जित’ का रूपमा बुझ्नु संकुचित मानसिकताः मुख्य रजिस्ट्रार पौडेल



तपाईको कमेन्ट लेख्नुहोस्