कोरोना संक्रमितको संख्या १३ हजार नजिक, एकै दिन ४६३ जनामा संक्रमण
काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या १३ हजार नजिक पुगेको छ । पछिल्लो २४ घण्टामा नेपालमा थप ४ सय ६३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएपछि संक्रमितको संख्या १३ हजार नजिक पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले मोरङ, झापा, उदयपुर, इलाम, सुनसरी, धनुषा, महोत्तरी, दार्जुला, गोरखा, खोटाङ, रौतहट, सर्लाही, सिन्धुपाल्चोक, गुल्मी, धादिङ, ललितपुर, बाजुरा, कास्की, नवलपुर, बागलुङ, सल्यान, लमजुङ, म्याग्दी, कपिलबस्तु, पाल्पा, प्युठान, दाङ, रोल्पा, रुकुम पश्चिमलगायतका जिल्लामा गरी थप ४ सय ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । नयाँ संक्रमितमा महिला १ सय ५ र पुरुष ३ सय ५८ जना रहेका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या १२ हजार ७ सय ७२ पुगेको छ।
यसैगरी कोरोना निको हुनेको संख्या ३ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा १३ महिला र १ सय ६६ पुरुष गरी १ सय ७९ जना संक्रमित निको भएर घर फर्किएका छन् । योसँगै कोरोना निको हुनेको संख्या ३ हजार १३ पुगेको छ ।
पीसीआर विधिबाट पछिल्लो २४ घण्टामा ४ हजार ९ सय ६२ गरी आजसम्म २ लाख १५ हजार ८ सय ३९ जनाको कोरोना परीक्षण भएको छ । यस्तै आरडिटी विधिबाट पछिल्लो २४ घण्टामा २ हजार ७ सय ३२ गरी आजसम्म २ लाख ९६ हजार ७ सय ६६ जनाको परीक्षण भएको छ । आज देशभरीका विभिन्न क्वारेन्टिनमा क्वारेन्टिनमा ६१ हजार ७ सय ३१ जना रहेका छन् । यस्तै ९ हजार ७ सय ३१ जना विभिन्न अस्पतालका आइसोलेसनमा उपचाररत छन् ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #संक्रमितको संख्या
ताजा खबर
- १विशेष महाधिवेशनमा जाने सर्वसम्मत निर्णयले पार्टीलाई फुटबाट बचाउँछ : कोइराला
- २दुर्गा प्रसाईं पक्राउपछि उपत्यकामा सुरक्षा व्यवस्था कडा
- ३मुख्यमन्त्री यादवलाई काम गर्न नदिइएको भन्दै प्रदर्शन
- ४संक्रमणकालिन अवस्थाको गम्भीर असर मुलुकको आर्थिक वृद्धिदरमा पर्ने
- ५५ हजार कैदी अझै फरारः खोजतलासका लागि कार्यदल गठन



तपाईको कमेन्ट लेख्नुहोस्