बिखण्डनको मुद्धा त्यागे सीके राउतले

काठमाडौं २५ फागनु । राजधानीबाट आज प्रकाशित पत्रिकाहरुले सरकार र सीके राउतसँग भएको राजनीतिक सहमतिलाई महत्वका साथ छापेका छन् । कान्तिपुर दैनिकले ‘राउतले छाडे विखण्डनको मुद्दा’ शीर्षकमा समाचार छापेको छ । नागरिक दैनिकमा ‘सीकेको सेफ ल्याण्डिङ’ शीर्षकमा र अन्नपूर्ण पोष्ट दैनिकमा ‘मूलधारतिर सीके राउत’ शीर्षकमा समाचार कभरेज गरिएको छ ।तर, नयाँ पत्रिका दैनिकले भने सीके राउतसँग दोहोरो अर्थ लाग्ने सहमति भएको भन्दै फरक ढंगले समाचार छापेको छ । ‘सिके राउतसँग द्विअर्थी सहमति’ शीर्षकको समाचारमा सिके राउतले राज्यले जनमतसंग्रह स्विकारेको दाबी गरेका छन् भने प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालले भने जनमतसंग्रह सहमति पत्रमा उल्लेख नै नगरिएको बताएका छन् ।
क्याटेगोरी : पत्रपत्रिका
ट्याग : #hot
ताजा खबर
- १रसुवा बाढीः प्रभावकारी उद्धारका लागि कांग्रेसले गरायो सरकारको ध्यानाकर्षण
- २रसुवामा बाढीः उद्धार र राहतमा सहभागी हुन नेता–कार्यकर्तालाई प्रचण्डको निर्देशन
- ३धादिङको त्रिशूली नदीमा २ जनाको शव भेटियो
- ४रसुवा बाढीमा ६ जना चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन, ९ जनाको उद्धार
- ५स्पेनी लगानीकर्तासँग प्रधानमन्त्री ओलीले भने, नेपालमा लगानी गर्नुस्
तपाईको कमेन्ट लेख्नुहोस्