प्रधानमन्त्री ओली फेरि पछि हटे, संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता लिन तयार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली फेरि आफनो निर्णयबाट पछि हटेका छन् । अध्यादेशबारे चौतर्फी बिरोध भएपछि संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता लिन सहमत भएका हुन् । ओली, कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र महासचिव विष्णु पौडेलबीच भएको छलफलमा उनी अध्यादेश फिर्ता लिन सहमत भएका हुन्। प्रधानमन्त्री ओलीे माग अनुसार अध्यक्ष दाहाल संसद्को विशेष अधिवेशन डाक्ने प्रक्रियाबाट बाहिरिएका छन्।
तीन नेताबीच यस्तो सहमति भएपछि नेकपा अध्यक्ष ओली स्थायी कमिटी बैठकमा समेत सहभागि भएका छन् । यसअघि अध्यक्ष ओली स्थायी कमिटी बैठकमा सहभागी नभएपछि उनीसँग अध्यक्ष दाहाल र महासचिव पौडेलले छुट्ट छलफल गरेका थिए। प्रधानमन्त्री ओलीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएपछि नेकपाभित्रको विवाद झनै बल्झिएको थियो ।
संसद् छलेर अध्यादेश ल्याइएको भन्दै केही नेताहरू संसद् बैठक डाक्न माग गर्दै सांसदहरुको हस्ताक्षरसहित राष्ट्रपति कार्यालय शीतल निवास पुगेका थिए। प्रधानमन्त्री ओली यसअघि अध्यक्ष दाहालद्वारा ल्याइएको राजनीतिक प्रस्ताव (आरोपपत्र) फिर्ता नलिएसम्म बैठकमा सहभागी नहुने अडान राख्दै आएका थिए ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #अध्यादेश फिर्ता
ताजा खबर
- १राजसंस्था जनमत संग्रहबाट होइन, सबैको सहमतिबाटै पुनःस्थापित गर्नुपर्छः राप्रपा
- २अन्तरिम सरकारद्वारा मन्त्रिपरिषद् विस्तारः चार नयाँ मन्त्रीले लिए शपथ
- ३निर्वाचन निर्वाध सम्पन्न गरी अहिलेको अवस्थालाई सहज निकास दिन आवश्यकः राष्ट्रपति
- ४प्रतिनिधिसभा निर्वाचनः पाल्पा–२ बाट डा.महेश्वरी कुँवर कांग्रेस उम्मेदवार सिफारिस
- ५आफ्नो वरिपरिकालाई मात्रै नेतृत्वका लागि योग्य ठान्ने ओली प्रवृत्ति अन्त्य गर्न चाहन्छौँः सुरेन्द्र पाण्डे



तपाईको कमेन्ट लेख्नुहोस्