प्रधानमन्त्री ओली फेरि पछि हटे, संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता लिन तयार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली फेरि आफनो निर्णयबाट पछि हटेका छन् । अध्यादेशबारे चौतर्फी बिरोध भएपछि संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता लिन सहमत भएका हुन् । ओली, कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र महासचिव विष्णु पौडेलबीच भएको छलफलमा उनी अध्यादेश फिर्ता लिन सहमत भएका हुन्। प्रधानमन्त्री ओलीे माग अनुसार अध्यक्ष दाहाल संसद्को विशेष अधिवेशन डाक्ने प्रक्रियाबाट बाहिरिएका छन्।
तीन नेताबीच यस्तो सहमति भएपछि नेकपा अध्यक्ष ओली स्थायी कमिटी बैठकमा समेत सहभागि भएका छन् । यसअघि अध्यक्ष ओली स्थायी कमिटी बैठकमा सहभागी नभएपछि उनीसँग अध्यक्ष दाहाल र महासचिव पौडेलले छुट्ट छलफल गरेका थिए। प्रधानमन्त्री ओलीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएपछि नेकपाभित्रको विवाद झनै बल्झिएको थियो ।
संसद् छलेर अध्यादेश ल्याइएको भन्दै केही नेताहरू संसद् बैठक डाक्न माग गर्दै सांसदहरुको हस्ताक्षरसहित राष्ट्रपति कार्यालय शीतल निवास पुगेका थिए। प्रधानमन्त्री ओली यसअघि अध्यक्ष दाहालद्वारा ल्याइएको राजनीतिक प्रस्ताव (आरोपपत्र) फिर्ता नलिएसम्म बैठकमा सहभागी नहुने अडान राख्दै आएका थिए ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #अध्यादेश फिर्ता
ताजा खबर
- १खरानी ग्याङले सम्मानको अर्थ नबुझ्नु स्वाभाविकै होः राधिका शाक्य
- २देशभर ग्यासको हाहाकार, उद्योगमन्त्री नै अलमलमा, ब्यवसायीको लुट
- ३२०८२ साल भदौ २४ गते देशमा विध्वंश भएको दिन, के के भएको थियो टाइमलाइन
- ४अमानवीय र तुच्छ गालीगलौज गर्नेलाई पार्टीबाट निकाल्ने रविको घोषणा
- ५सर्वोच्चबाट पार्टीको पूर्ण आधिकारिकता आफूहरूले पाउने देउवाको दाबी



तपाईको कमेन्ट लेख्नुहोस्