कतै तपाईले विषाक्त स्यानिटाइजर त प्रयोग गर्नुभएको छैन् ?
काठमाडौं । विषाक्त रसायनयुक्त स्यानिटाइजर उत्पादन गर्ने काठमाडौं र भक्तपुरका पाँच वटा उद्योग कारबाहीमा परेका छन् । औषधि व्यवस्था विभागको प्रयोगशालमा गरिएको परीक्षणमा मापदण्डविपरीत स्यानिटाइजर उत्पादन गरेको पाइएपछि काठमाडौंस्थित हाइजिन सोप एण्ड केमिकल प्रालि, आधार केमिकल एण्ड फुड इन्डष्ट्री, सर्च केम कम हर्बल प्रडक्ट्स र सूर्यमुखी हर्बल प्रडक्ट्स र भक्तपुरको नेपाल कायाकल्प उद्योगमाथी कानुनी कारबाही अघि बढाइएको हो ।

औषधि व्यवस्था विभागले यी उद्योगहरुबाट उत्पादित ‘इन्सट्यान्ट ह्याण्ड स्यानिटाइजर’, ‘इन्सट्यान्ट ह्याण्ड स्यानिटाइजर ओरिजिनल’, ‘एडभान्स््ड ह्यान्ड स्यानिटाइजर’, ‘इन्सट्यान्ट ह्याण्ड स्यानिटाइजर रिफ्रेसिङ जेल’ र ‘सूर्यमुखी ह्याण्ड स्यानिटाइजर’ प्रयोग नगर्न आम उपभोक्तालाई आग्रह गरेको छ ।
विभागका अनुसार यी स्यानिटाइजरहरुमा विषाक्त रसायन मेथानोल समावेश गरेको पाइएको छ । विभागले जारी गरेको सूचनामा विषाक्त रसायन मेथानोलले मानव स्वास्थ्यमा गम्भीर असर पार्ने उल्लेख छ । विभागका अनुसार स्यानिटाइजरमा इथानोल बाहेकका अन्य केमिकल प्रयोग गर्नु हानिकारक मानिन्छ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार, स्वास्थ्य
ट्याग : #विषाक्त रसायनयुक्त स्यानिटाइजर, #हाइजिन सोप एण्ड
ताजा खबर
- १मन्त्रीबाट राजीनामा दिदैं सरकारबाट बाहिरिए कुलमान घिसिङ,चुनाव लड्ने तयारी
- २मानव अधिकार आयोगमा रवि लामिछानेको डेढ घण्टा बयान
- ३जहरसिंह पौवा दुर्घटनाः ४ जनाको मृत्यु, २७ घाइते
- ४जनार्दन शर्मा रुकुमपश्चिमबाट चुनाव लड्ने पक्का, प्रलोपाले गर्यो एकल नाम सिफारिस
- ५कांग्रेसमा महामन्त्रीद्वय गगन र विश्वप्रकाशले बोलाए विशेष महाधिवेशन



तपाईको कमेन्ट लेख्नुहोस्