डब्लुएचओलाई अमेरिकाले आर्थिक सहयोग रोक्यो
काठमाडौं ३ बैशाख । अमेरिका र बिश्व स्वाथ्य संगठन डब्लुएचओबीच थप तनाव उत्पन्न भएको छ । विश्व स्वास्थ्य संगठन डब्लुएचओलाई दिँदै आएको आर्थिक सहयोग रोक्ने अमेरिकाले निर्णय गरेसँगै थप बिबाद चुलिएको हो । बिश्वमा कोरोना भाइरसको महामारीको फैलिरहेका बेला डब्लुएचओले चीनको पक्ष लिएको र काम पनि सन्तोषजनक नभएको भन्दै अमेरिकाले सहयोग रोक्ने निर्णय गरेको हो । नियमित प्रेस बिफ्रिङमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डब्लुएचओको भूमिकाको समीक्षा गरेर प्रभावकारी काम गर्न असफल रहेको आरोप लगाएका छन । ट्रम्पले आफनो प्रशासनलाई डब्लुएचओलाई दिँदै आएको सहयोग रोक्न निर्देशन दिएका हुन् ।
ट्रम्पले डब्लुएचओले चीनको पक्ष लिएको र कोरोना भाइरसबारे गलत सूचना दिएको आरोप लगाइरहेका छन् । डब्लुएचओको गल्तीकै कारण विश्वभर कोरोना भाइरसका कारण धेरैले ज्यान गुमाइरहेको ट्रम्पको आरोप लगाउदै डब्लुएचओले यसको जिम्मा लिनुपर्ने बताएका छन् । डब्लुएचओ संयुक्त राष्ट्रसंघ अन्तर्गतको संस्था हो । अमेरिका यसको एकमात्र ठूलो दाता राष्ट्र हो । गत वर्ष अमेरिकाले डब्लुएचओलाई ४ सय मिलियन डलर उपलब्ध गराएको थियो । यो डब्लुएचओको कूल बजेटको करिब १५ प्रतिशत हो ।
क्याटेगोरी : अर्थ, प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति
ट्याग : #अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प
ताजा खबर
- १कांग्रेसले भन्यो– हामी कसैसँग चुनावी गठबन्धन गर्दैनौँ
- २कुलमानले भने–भाषण गरेर कोही प्रधानमन्त्री हुँदैन
- ३एपस्टिनसँग बिताएको प्रत्येक क्षणप्रति मलाई पछुतो छः बिल गेट्स
- ४रास्वपामा प्राइमरी इलेक्सनका नाममा पैसा असुली,धमाधम नेताहरुले छोड्दै पार्टी
- ५फागुन २१ गते एकै चरणमा निर्वाचनबारे प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीको छलफल



तपाईको कमेन्ट लेख्नुहोस्