जोखिम मानिएको सुदुरपश्चिममा अत्याधुनिक उपकरण पुग्यो
धनगढी २६ चैत । भारतबाट आएका मानिसमा कारोना संक्रमण देखिएपछि जोखिम मानिएको सुदुरपश्चिम प्रदेशमा कोरोना परीक्षण प्रयोगशालाका लागि अत्याधुनिक उपकरण पुर्याइएको छ । काठमाडौँबाट नेपाली सेनाको स्काईट्रकले बुधबार उक्त उपकरण धनगढी पुर्याएको हो । धनगढीमा स्थापना भएको प्रयोगशाला मार्फत धेरै कम सङख्यामा परीक्षण हुन थालेपछि बढी क्षमताको उपकरण धनगढी पुर्याइएको हो । यो उपकरण जडान भएसँगै तीन घण्टामा ९६ जना र दिनमा चार सयको परीक्षण गर्न सकिने बताईएको छ। पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला, त्रिपुरेश्वरमा रहेको आरटीपीसीआर मेसिनलाई धनगढीमा रहेको भेटनरिको प्रयोगशालामा आजै स्थापना गर्ने तयारी गरिएको छ । सुदूरपश्चिममा कोभिड १९ को जोखिमलाई ध्यानमा राखेर प्रयोगशालाले अहिले नै मेसिन जडान गर्न थालिएको छ । आजे मेसिन जडान भएर परीक्षण शुरु गरिने छ । मेसिन तीनघण्टाको फरकमा ९६ वटा नमूनाको स्वाब परीक्षण गर्न सक्ने क्षमताको रहेको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा रहेको मेशिनकै क्षमता बराबरको उक्त मेसिन जडानपछि परीक्षणको दायरा बढ्ने स्वास्थ्यकर्मीहरुले बताएका छन् । सुदूरपश्चिममा संक्रमितको संख्या ४ जना पुगेपछि सरकारले मंगलबारदेखि कैलाली र कंचनपुरमा र्यापिड टेस्ट परीक्षण शुरू गरिसकेको छ। मंगलबारमात्र कैलाली र कंचनपुरबाट १ सय ९५ जनाको नमूना संकलन गरिएको छ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार, स्वास्थ्य
ट्याग : #सुदुरपश्चिममा अत्याधुनिक उपकरण
ताजा खबर
- १संवैधानिक इजलासको आदेशः प्रतिनिधिसभा विघटनविरुद्ध अन्तरिम आदेश जारी भएन
- २राष्ट्रपति पौडेलेको कतार भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
- ३वरिष्ठ अधिवक्ता भण्डारीको जिकिरः भदौ २३ को घटना छानबिन गर्न अन्तरिम आदेश जारी हुनुपर्छ
- ४राष्ट्रिय सभामा रिक्त सदस्यको निर्वाचन माघ ११ गते गर्ने सरकारको निर्णय
- ५आन्दोलनरत नर्सहरूका माग तत्काल सम्बोधन गर्न सरकारसँग प्रचण्डको माग



तपाईको कमेन्ट लेख्नुहोस्