गुल्मीमा पहिरोले पुरिदा १० जनाको ज्यान गयो, सात बेपत्ता
गुल्मी ७ साउन । गुल्मीमा पहिरो जाँदा दश जनाको मृत्यु भएको छ । सात जना घाइते भएका छन् भने दुई जनाको सकुशल उद्धार गरिएको छ । सत्यवती गाउँपालिका ४ लिम्घाका छविकला विक, धन बहादुर विक र पम्फा विकको घर पहिरोले परिएको हो । राति घरमा सुतिरहेको अवस्थामा माथिवाट पहिरोले तीन घरहरु वगाएर करिव ५० मिटर तल पु¥याएको छ । पानी परिरहेकाले उद्वार गर्न कठिनाइ भएको गाउपालिका अध्यक्ष पारिश्वर ढकालले जानकारी दिएका छन् । यस्तै सत्यवती गाउँपालिकाकै वडा नं ३ ठुलो लुम्पेकका तिल बहादुर त्रामुकी श्रीमती ३० बर्षीय तिलकुमारी त्रामू , उनका छोरा बर्ष १० का दर्शन त्रामुको मृत्यु भएको छ । उनकी १२ वर्षीया छोरी करिष्मा र १४ बर्षकी छोरी धनी त्रामु घाइते भएका छन् । अविरल वर्षा भईरहेका र ठाउँ ठाउँमा पहिरोका कारण सडक अवरुद्ध हुँदा प्रहरीको टोली त्यसतर्फ पुग्न सकेको छैन । बाटोमा पहिरो गएका कारण पनि घटनास्थलमा जान समय लागेको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज
ताजा खबर
- १कांग्रेसले भन्यो– हामी कसैसँग चुनावी गठबन्धन गर्दैनौँ
- २कुलमानले भने–भाषण गरेर कोही प्रधानमन्त्री हुँदैन
- ३एपस्टिनसँग बिताएको प्रत्येक क्षणप्रति मलाई पछुतो छः बिल गेट्स
- ४रास्वपामा प्राइमरी इलेक्सनका नाममा पैसा असुली,धमाधम नेताहरुले छोड्दै पार्टी
- ५फागुन २१ गते एकै चरणमा निर्वाचनबारे प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीको छलफल



तपाईको कमेन्ट लेख्नुहोस्