किन जाँदैछन् प्रधानमन्त्री ओली युरोप भ्रमणमा
काठमाडौं २५ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली एकसाता लामो युरोप भ्रमणमा शनिबार जाँदै छन् । प्रधानमन्त्री ओलीको भ्रमण दुई पक्षीय हितमा हुने बताइएको छ । प्रधानमन्त्रीको भ्रमणले बेलायत, स्विजरल्यान्ड र फ्रान्ससँगको सम्बन्धका आधार र सहकार्यलाई प्राथमिकतामा दिइने छ । प्रधानमन्त्रीले जेठ २७ गते जनेभामा आयोजना हुन अन्तराष्टिय श्रम सङ्गठन आईएलओको शतवार्षिकीको अवसरमा चौथो वक्ताकारुपमा सम्बोधन गर्ने कार्यक्रम छ । त्यस समारोहमा ४० देशका राष्ट्र तथा सरकार प्रमुखको सहभागिता हुनेछ । जेनेभामा रहँदा ‘साइडलाइन’मा प्रधानमन्त्रीले केही द्विपक्षीय भेटघाट गर्ने कार्यक्रम समेत रहेको छ । त्यस्तै जेठ २७ साँझदेखि नै प्रधानमन्त्रीले बेलायतको भ्रमणमा निस्किनेछन् । त्यसैगरी उनी जेठ २९ गतेसम्म बेलायतको भ्रमणमा जानेछन् । प्रधानमन्त्रीले बेलायतको अक्सफोर्ड विश्वविद्यालयमा जेठ २७ गते साँझ आयोजना गरिने एक विशेष समारोहलाई सम्बोधन गर्ने कार्यक्रम पनि तय भएको छ । बेलायतमा केही उच्चस्तरीय भेटघाट पनि गर्ने कार्यक्रम छ । त्यस्तै, प्रधानमन्त्री ओलीले बेलायतको भ्रमणपछि जेठ २९ देखि ३१ गतेसम्म फ्रान्सको औपचारिक भ्रमण गर्नेछन् । सो अवसरमा प्रधानमन्त्रीले फ्रान्सेली समकक्षी इडोर्ड फिलिपसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति
ट्याग : #pm news
ताजा खबर
- १कांग्रेसले निर्वाचनको समीक्षा गर्न चैत पहिलो साताभित्रै केन्द्रीय कार्यसमिति बैठक बोलाउने
- २ओलीलाई समवेदना दिँदै बालेनः पिताजस्तो रक्षक, गुरु र देवता कोही छैन, पात्र एक, भूमिका अनेक
- ३दुबई एयरपोर्टमा अलपत्र २७२ नेपालीलाई ल्याइयो, आज पनि उद्धार उडान
- ४आजदेखि आधा सिलिन्डरमात्र ग्यास पाइने, मूल्य ९५५
- ५तेल ढुवानीको प्रमुख जलमार्ग ‘स्ट्रेट अफ होर्मुज’मा अवरोध जारी राख्ने इरानको घोषणा



तपाईको कमेन्ट लेख्नुहोस्