एशियन बुद्ध होटल, भैरहवामा फिफा विश्वकप २०२६ हेर्ने ब्यवस्था
काठमाडौं । एशियन बुद्ध होटल, भैरहवाले फिफा विश्वकप २०२६ का सम्पूर्ण खेलहरु हेर्ने ब्यवस्था गरेको छ । जुन ११ देखि जुलाई १९ सम्म अमेरिका, मेक्सिको र क्यानडामा सञ्चालन हुने विश्वकपका खेलहरु होटेलमा सामूहिक रुपमा खेलप्रेमीहरुले हेर्ने ब्यवस्था मिलाएको हो । जहाँ फुटवल खेलाडी अञ्जन बिष्ट समेत खेल हेर्न सँगै हुनेछन् ।

एशियन बुद्ध होटल, भैरहवाले विश्व फुटबलको महाकुम्भ फिफा विश्वकप २०२६ का सम्पूर्ण खेलहरु हेर्ने ब्यवस्था गरेको छ । जुन ११ देखि जुलाई १९ सम्म अमेरिका, मेक्सिको र क्यानडामा सञ्चालन हुने विश्वकपका खेलहरु होटेलमा सामूहिक रुपमा खेलप्रेमीहरुले हेर्ने ब्यवस्था मिलाएको हो । २३ औं संस्करणको विश्वकप सुरु हुने दिन नजिकिदै गर्दा फुटबल समर्थकहरूको ध्यान फिफा विश्वकपतर्फ केन्द्रित हुँदैछ ।
खेल पारिवारिक तथा साथीहरुबीचसँगै हेर्ने गरी ब्यवस्था मिलाइएको एशियन बुद्ध होटल, भैरहवाले जनाएको छ । होटेलका अध्यक्ष पारस अधिकारीले ब्यापार बाहेकका गतिविधि विगतदेखि नै गरिरहेकोले यो पटक पनि विश्वकप फुटवल हेर्ने ब्यवस्था मिलाइएको बताए । उनले विश्वकपको माहोल बनिरहेकै बेला विभिन्न स्थानबाट होटेलमा सामूहिक रुपमा खेल हेर्न र रमाइलो गर्न सक्ने ब्यवस्था मिलाइएको दाबी गरे ।

फुटवल खेलाडी अञ्जन बिष्टसँगै विश्वकप फुटवल हेर्ने वातावरण मिलाइएको अधिकारीको भनाई छ । काठमाडौंमा खेल हेर्ने ठाउँ धेरै भएपनि भैरहवामा नभएका कारण थप माहोल र मनोरञ्जनको थलो बनाउन पनि आफूहरुले प्रयास गरेको अध्यक्ष अधिकारीले बताए ।
फुटवल खेलाडी अञ्जन बिष्ट र एशियन बुद्ध होटल, भैरहवाले सम्झौता पत्रमा हस्ताक्षर समेत गरिएको छ । भैरहवामा विष्टसँगै बसेर फुटवलप्रेमीले खेल हेर्न पाउनेछन् । फुटवल खेलाडी विष्टले फुटवल माहोलसँगै खेलसँगै हेर्नका लागि आफूले एशियन बुद्ध होटल, भैरहवासँग सम्झौता गरेको बताएका थिए । उनले नेपालको फुटवललाई थप मजबुद बनाउनका लागि समयमै लिगहरु सञ्चालन हुनुपर्ने बताए ।

पहिलो पटक विश्वकप तीन फरक राष्ट्रले आयोजना गर्दैछ भने अहिलेसम्मकै धेरै ४८ राष्ट्रले विश्वकप खेल्दैछन । यस्तै विश्वकप चल्ने दिन पनि बढेर ३९ दिन पुग्दा खेल संख्या १०४ पुगेको छ । विश्वकपको एकै संस्करणमा यो अहिलेसम्मको धेरै खेल हो । एशियन बुद्ध होटल, भैरहवाले फुटवल हेरेर रमाइलो गर्नका लागि होटेलमा आउन समेत आग्रह गरेको छ ।
क्याटेगोरी : खेलकुद, जीवनशैली, देश/दुनियाँ, पर्यटन, प्रमुख समाचार, समाचार
ताजा खबर
- १मिटरब्याजलाई गम्भीर आर्थिक अपराध घोषणा गर्ने तयारी, विशेष ऐन र न्यायाधीकरण गठन गरिने
- २तीन महिनामा विपद्मा परि १६० जनाको मृत्यु
- ३तीज गीत ‘केटी पार्टी’ सार्वजनिक (भिडियोसहित)
- ४सुकुम्बासी समस्या समाधानका लागि जग्गाको स्वामित्वभन्दा आवासको सुनिश्चितता आवश्यक : डंगोल
- ५सन् २०२६ को पहिलो ६ महिनामा चीनको वैदेशिक व्यापारमा १६.९ प्रतिशतको वृद्धि



तपाईको कमेन्ट लेख्नुहोस्