महाराष्ट्रमा स्थापित छत्रपति शिवाजीको प्रतिमा ढल्यो, मोदीको आलोचना
काठमाडौं । भारत महाराष्ट्रको सिन्धुदुर्ग जिल्लामा पर्ने राजकोट गढीमा स्थापित छत्रपति शिवाजी महाराजको प्रतिमा हावाले ढालेपछि नरेन्द्र मोदी नेतृत्वको सरकारको आलोचना भएको छ । प्रधानमन्त्री मोदीले सन् २०२३ को डिसेम्बर ४ मा नौसेना दिवसको अवसरमा प्रतिमा अनावरण गरेका थिए । भारतीय नौसेनाले निर्माण र स्थापना गरेको उक्त प्रतिमा ३५ फिट अग्लो थियो ।
एक वर्ष नपुग्दै प्रतिमा ढलेर टुक्राटुक्रा भएपछि विपक्षी दलहरुले त्यसको गुणस्तर र अनावरण गर्ने मोदीको हतारोमा प्रश्न उठाइरहेका छन् । कांग्रेसले सामाजिक सन्जाल एक्समा भाजपा नेतृत्वको सरकार भ्रष्टाचार गरेको आरोप लगाएको छ । उद्धव बालासाहेब ठाकेरे नेतृत्वको शिवसेनाका विधायक वैभव नाइकले यो घटनाको जाँच गर्न र दोषीलाई कडाभन्दा कडा कारबाही गर्न माग गरेका छन् ।
महाराष्ट्र राज्यका मुख्यमन्त्री एकनाथ शिन्देले ४५ किलोमिटर प्रतिघण्टाको रफ्तारमा चलेको हावाका कारण प्रतिमा ढलेको बताएका छन् । यसलाई दुर्भाग्य भन्दै उनले त्यो ठाउँमा छत्रपति शिवाजी महाराजको प्रतिमा पुनर्निर्माण गरिने बताएका छन् ।
छत्रपति शिवाजी महाराज महाराष्ट्र राज्यको संस्थापक मानिन्छन् । उनले मुगल शासक र औरंगजेबविरुद्ध कयौं युद्ध जितेर मराठा साम्राज्य स्थापित गरेका थिए । उनको गुरिल्ला युद्ध शैली, सैन्य योजना र शक्तिशाली सेनाका सफलताका गाथा इतिहासमा पढ्न पाइन्छ ।
क्याटेगोरी : विदेश, समाचार
ट्याग : #भारत महाराष्ट्र, #शिवाजी महाराज
ताजा खबर
- १एचआईभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
- २३१ वर्षदेखि थन्किएको सरकारी जग्गासम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय
- ३सरकारलाई ट्रेड युनियन हटाउने बाटो खुल्यो, अन्तरिम आदेशले पाएन निरन्तरता
- ४आकु ब्रान्डको पानी, उपभोक्ताको स्वास्थ्यमा मनोमानी, भेटियो खतरनाक अखाद्य वस्तु
- ५जेनजी आन्दोलनका ४५ बलिदानीको कथा समेटिएको ‘अधुरा सपना’ पुस्तक विमोचन



तपाईको कमेन्ट लेख्नुहोस्