मर्दी हिमाल बेस क्याम्पमा मानव अवशेष फेला, स्विडिस नागरिकको भएको पुष्टि
काठमाडौं । मर्दी हिमाल बेस क्याम्पमा मानव अवशेष फेला परेको छ । स्थानीय भेडापालक गोविन्द गौतमले शुक्रवार निगालो घारीमा मानव अवशेष फेला पारेको माछापुच्छ्रे गाउँपालिका–९ का वडाध्यक्ष हरिबहादुर क्षेत्रीले जानकारी दिए ।
४ हजार ५ सय मिटर उचाइमा रहेको मर्दी बेस क्याम्पको लामडाँडा खोँचमा मान्छेको दुई वटा हड्डी, टाउजर र आइफोनसहितको मानव अवशेष फेला परेको वडाध्यक्ष क्षेत्रीले जानकारी दिए ।
‘मर्दी हिमालको बेस क्याम्पको मुख्य बाटोभन्दा करिब १२ सय मिटर पूर्वतिर मर्दी खोलाको उद्गम स्थलमाथि पर्ने लाम डाँडाको खोँचमा मानव लासको अवशेष भेटिएको हो,’ उनले भने । उक्त मानव अवशेष ७ महिलाअघि हराएका स्विडिस नागरिक माइकल लिउ ब्लोम्बर्गको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
पदयात्रामा गएका माइकल मर्दी बेस क्याम्पबाट गत डिसेम्बर ३० मा हराएका थिए । टाउजर र आइफोनका आधारमा स्विडिस नागरिकको भएको पुष्टि भएको कास्की प्रहरीका एसपी मोहनकुमार थापाले जानकारी दिए ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ताजा खबर
- १बजारमा बेथिति मौलाएको बेला उद्योग मन्त्रीमा दीपक साह, सक्लान् त ग्यास दिन ?
- २कांग्रेस सभापति दश बर्ष, ५ पटक प्रधानमन्त्री बनेका देउवा, अझै सक्रिय बन्न किन खोज्दैछन् ?
- ३प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
- ४शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा
- ५मोरङ कारागारमा प्रहरीको छापा, १० लाख नगद र फलामे रड बरामद



तपाईको कमेन्ट लेख्नुहोस्