मर्दी हिमाल बेस क्याम्पमा मानव अवशेष फेला, स्विडिस नागरिकको भएको पुष्टि

काठमाडौं । मर्दी हिमाल बेस क्याम्पमा मानव अवशेष फेला परेको छ । स्थानीय भेडापालक गोविन्द गौतमले शुक्रवार निगालो घारीमा मानव अवशेष फेला पारेको माछापुच्छ्रे गाउँपालिका–९ का वडाध्यक्ष हरिबहादुर क्षेत्रीले जानकारी दिए ।
४ हजार ५ सय मिटर उचाइमा रहेको मर्दी बेस क्याम्पको लामडाँडा खोँचमा मान्छेको दुई वटा हड्डी, टाउजर र आइफोनसहितको मानव अवशेष फेला परेको वडाध्यक्ष क्षेत्रीले जानकारी दिए ।
‘मर्दी हिमालको बेस क्याम्पको मुख्य बाटोभन्दा करिब १२ सय मिटर पूर्वतिर मर्दी खोलाको उद्गम स्थलमाथि पर्ने लाम डाँडाको खोँचमा मानव लासको अवशेष भेटिएको हो,’ उनले भने । उक्त मानव अवशेष ७ महिलाअघि हराएका स्विडिस नागरिक माइकल लिउ ब्लोम्बर्गको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
पदयात्रामा गएका माइकल मर्दी बेस क्याम्पबाट गत डिसेम्बर ३० मा हराएका थिए । टाउजर र आइफोनका आधारमा स्विडिस नागरिकको भएको पुष्टि भएको कास्की प्रहरीका एसपी मोहनकुमार थापाले जानकारी दिए ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ताजा खबर
- १पूर्वराष्ट्रपति भण्डारीलाई विमानस्थलमै ५१ किलोको माला
- २प्रधानमन्त्रीलाई बालेनको आग्रहः लिपुलेक हाम्रो हो भनेर चीनलाई सम्झाउन नबिर्सनुहोस्
- ३रोहितको उत्कृष्ट शतकमा साउथ अष्ट्रेलियामाथि नेपालको जित
- ४आन्दोलनरत उखु किसानले भदौ २५ गतेदेखि अनिश्चितकालिन राजमार्ग बन्द गर्ने
- ५सुनको मूल्यमा रेकर्ड : तोलाकै २ लाख नाघ्यो
तपाईको कमेन्ट लेख्नुहोस्