आफ्नो पक्षमा युद्धरत भारतीय नागरिक फिर्ता गर्ने रुसी प्रतिबद्धता

काठमाडौं । रुसले आफ्नो पक्षबाट युद्धमा होमिएका भारतीयहरुलाई फिर्ता गर्ने प्रतिबद्धता जनाएको छ । बेलायती मिडिया बीबीसीका अनुसार भारतीय विदेश मन्त्रालयले यस्तो जानकारी सार्वजनिक गरेको हो । हालसालै मोदीको मस्को भ्रमण पछि यस्तो खबर आएको हो ।
नेपालका लागि राजदूतसमेत भइसकेका पिनयमोहन क्वात्राले भारतीय पत्रकारहरुसँग कुरा गर्दै मोदीले भारतीयलाई फिर्ता गर्ने मुद्दा बलियो गरी उठाएको बताएका हुन् ।
उनले भनेका छन्, ‘रुसले रुसी फौजको सेवामा भएका भारतीयहरुलाई चाँडै फिर्ता गर्ने बताएको छ ।’ रुसी फौजमा जोडिएका अधिकांश भारतीयहरु सहयोगीको भूमिकामा रुस पुगेको भारतीय मिडिया तथा पश्चिमा मिडियाहरुले उल्लेख गरेका छन् ।
भारतका चार जनाले रुसको पक्षमा लढ्दा मृत्युवरण गरेको औपचारिक पुष्टि भइसकेको छ । भारतीयहरु रुसी फौजमा भएको पहिलो खबर नेपाल प्रेसले गत वर्ष सार्वजनिक गरेको थियो । रुसी फौजमा काम गर्ने एक नेपालीले नेपाल प्रेससँग अन्तरवार्ता दिएर यसको पुष्टि गरेका थिए ।
क्याटेगोरी : विदेश, समाचार
तपाईको कमेन्ट लेख्नुहोस्