दिल्लीमाथि हैदरवादको शानदार जित
काठमाडौं । इंडियन प्रिमियर लिग (आइपिएल) सनराईजर्स हैदरावादले दिल्ली क्यापिटल्स माथि शानदार जित निकालेको छ। विष्फोटक ब्याटिङ गरेको हैदरावादले दिल्लीलाई उसैको मैदानमा ६७ रनले हरायो । टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हैदरावादले उत्कृष्ट ब्याटिङ सहित २० ओभरमा ७ विकेट गुमाउँदै २ सय ६६ रनको विशाल योगफल खडा गरेको थियो ।
आइपिएल इतिहासको चौथो ठूलो योगफल खडा गर्ने क्रममा पावरप्लेको ६ ओभरमा १ सय २५ रन बनाएको थियो। ओपनर ट्राभिस हेड र अभिषेक शर्माको विष्फोटक सुरुवातले हैदरावादलाई बलियो स्थितिमा पुर्याएको थियो । हेडले ३२ बल खेल्दै ११ चौका र ६ छक्का सहित सर्वाधिक ८९ रन बनाएका थिए भने अभिषेकले १२ बलमा २ चौका र ६ छक्काको मद्दतमा ४६ रन बनाए ।
यस्तै शाहवाज अहमदले २९ बलमा २ चौका र ५ छक्का सहित नटआउट रहँदै ५९ रन जोडे। नितिश रेड्डीले २७ बलमा ३७ रनको योगदान गरे । दिल्लीका लागि कुलदीप यादवले ४ विकेट लिएका थिए । यस्तै मुकेश कुमार र अक्षर पटेलले समान १ विकेट लिएका थिए । जवाफी ब्याटिङ गरेको दिल्ली १९ दशमलव १ ओभरमा अलआउट हुदै १ सय ९९ रन मात्र जोड्यो ।
दिल्लीका लागि जेल फ्रेजर९मक्गर्कले १८ बलमा ५ चौका र ७ छक्का प्रहार गर्दै ६५ रन जोडेपनि टोलीलाई पार लगाउन सकेनन् । कप्तान ऋषभ पन्तले ४४ रन बनाए। अभिषेक पोरेलले ४२ रन जोडे । हैदरावादको जितमा थांगासु नटराजनले ४ ओभरमा १ मेडन सहित १९ रन खर्चेर ४ विकेट लिए ।
यस्तै मयंक मार्कण्डे र नितिश रेड्डीले २–२ विकेट लिए । जित पछि हैदरावाद ७ खेलमा ५ जितसहित १० अंक बटुल्दै दोस्रो स्थानमा उक्लिएको छ । दिल्ली सातौं स्थानमा छ । आईपिएलमा आज २ खेल हुँदैछन्। दिउँसो पौने ४ मा कोलकता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बेंगलूरु तथा बेलुका पौने ८ बजे पञ्जाब किंग्स र गुजरात टाईटन्स भिड्ने छन् ।
क्याटेगोरी : खेलकुद, प्रमुख समाचार, विचार/लेख, समाचार
ताजा खबर
- १एमालेकै लाइनमा काँग्रेस : प्रतिनिधिसभा बिउताउन सर्वोच्च अदालतमा
- २घोषित मितिमै निर्वाचन सम्पन्न गर्न प्रधानमन्त्री कार्कीलाई पूर्वराष्ट्रपति भण्डारीको आग्रह
- ३पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भ्रष्टाचारः ५ पूर्वमन्त्रीसहित ५५ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
- ४सरकारले राष्ट्रिय सभा बैठक आह्वान नगरेकोमा सभामुख घिमिरेको असन्तुष्टि
- ५प्रदीप अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश



तपाईको कमेन्ट लेख्नुहोस्