सन् २०२१ को काबुल आक्रमण रोक्न सकिने अवस्था थिएनः अमेरिका
काठमाडौं । सन् २०२१ मा काबुलमा भएको आत्मघाती बम विष्फोटमा परी १३ जना अमेरिकी सैनिकसहित सयौँको मृत्यु भएको घटनालाई ‘सामरिक तहमा’ रोक्न नसकिने अमेरिकी समीक्षाको निष्कर्षले देखाएको छ ।
सन् २०२१ को अगष्ट २६ मा एबे गेटमा भएको बम विष्फोटको विषयमा अमेरिकाले गरेको अनुसन्धानको निष्कर्षलाई पुनरावलोकनले पुष्टि गरेको छ । अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता भएको अन्तिम दिनमा तालिवानले सत्ता कब्जा गरेपछि काबुल विमानस्थलको परिधिमा रहेका मानिसहरूको भीडलाई लक्षित गरी आक्रमण गरिएको थियो ।
आक्रमणमा १७० भन्दा बढीको मृत्यु भएको थियो ।हमलाअघि बम आक्रमणकारीलाई नियन्त्रण गर्ने वा रोक्ने कुनै सम्भावना थिएन,” समीक्षा टोलीका एक सदस्यले नाम नबताउने शर्तमा पत्रकारहरूसँगको कुराकानीमा बताए । ‘आक्रमण हुनुभन्दा केही समयअघि’ आक्रमणकारी आएको र स्नाइपरहरूले पहिचान गरेको ‘शंकास्पद व्यक्ति’ नभएको पुनरावलोकन टोलीका सदस्यले बताएका छन् ।
अमेरिकी सेना फिर्ता भएपछि तालिवान लडाकुहरूले गरेको आक्रमणलाई अफगान सेनाले रोक्न खोजे पनि सशक्त र सशस्त्र आक्रमणको सामना गर्ने कुरा असाध्य बनेको थियो ।
क्याटेगोरी : विदेश, समाचार
ट्याग : #आत्मघाती बम
ताजा खबर
- १चैत १९ गते संसद्को अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
- २ओलीलाई पक्राउ गर्नुको कारण पेश गर्न सर्वोच्चको आदेश
- ३पूर्णबहादुर खड्काले भने– संसद् भित्र तपाईं, बाहिर हामी सँगसँगै छौं
- ४रमेश लेखकको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाऊ आदेश
- ५कांग्रेसमा छुट्टै भेलाबारे शेखरले भने–पहिले पनि गरिराखेकै हो, अहिले पनि हुन्छन्



तपाईको कमेन्ट लेख्नुहोस्