तिहारको लागि ५० करोडको झिलीमिली बत्ती आयात
काठमाडौं । तिहारमा अत्यधिक प्रयोग हुने झिलिमिली बत्ती विदेशबाट करिब ५० करोड रुपैयाँसम्मको आयात भएको छ। झिलीमिली बत्ती आयात गरेर पसलहरूमा बिक्रीका लागि राखिएको छ। तिहारका बेला घर, पसलमा सजाउन झिलीमिली बत्तीको धेरै प्रयोग हुन्छ।
विशेषगरी तिहारलाई उज्यालोको पर्वका रूपमा लिइन्छ। तिहार नजिकिँदै गए पनि यस वर्ष अपेक्षित रूपमा झिलिमिली बत्तीको किनमेल नभएको व्यवसायीहरूले बताएका छन्। हिन्दूहरूको दोस्रो ठूलो चाड तिहार कात्तिक २५ गते सुरू हुँदैछ।
२५ गते कागतिहार, २६ गते लक्ष्मी पूजा, २७ गते गाईतिहार, २८ गते गोवर्द्धन पूजा र २९ गते भाइटीका परेको छ । अहिले बजारमा उपभोक्ताहरूले सोचेजस्तो खरिद नगरेको बताए । कतिपयले गत वर्ष नै झिलिमिली बत्ती किनिसकेको र यस पटक पनि त्यही प्रयोग गर्ने योजना बनाएका कारण पनि त्यति धेरै किनबेच नभएको ब्यापारीहरुको भनाई छ।
भन्सार विभागको साउनदेखि असोजसम्मको तथ्यांकमा २९ करोड ७६ लाख १ हजार ६२३ रूपैयाँ बराबरको विद्युतीय उपकरणहरू विदेशबाट आयात भएका छन् भने क्रिसमसका लागि भनेर विदेशबाट करसहित १ लाख ३४ हजार २ सयको झिलिमिली बत्ती आयात भएको देखिन्छ।
क्याटेगोरी : अर्थ, देश/दुनियाँ, प्रमुख समाचार, समाचार, सामाजिक सञ्जाल
ताजा खबर
- १बजारमा बेथिति मौलाएको बेला उद्योग मन्त्रीमा दीपक साह, सक्लान् त ग्यास दिन ?
- २कांग्रेस सभापति दश बर्ष, ५ पटक प्रधानमन्त्री बनेका देउवा, अझै सक्रिय बन्न किन खोज्दैछन् ?
- ३प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
- ४शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा
- ५मोरङ कारागारमा प्रहरीको छापा, १० लाख नगद र फलामे रड बरामद



तपाईको कमेन्ट लेख्नुहोस्