इक्वेडरमा गोली हानी राष्ट्रपतिका उम्मेदवारको हत्या
काठमाडौं । दक्षिण अमेरिकी देश इक्वेडरमा आगामी राष्ट्रपति निर्वाचनका एक उम्मेदवारको चुनावी र्यालीका क्रममा हत्या भएको छ । त्यहाँको राष्ट्रियसभाका सदस्यसमेत रहेका फर्नान्डो भिलाभिसेन्सियोको उत्तरी सहर क्विटोमा गोली प्रहारबाट हत्या भएको हो।
उनको अभियानका एक सदस्यले ५९ वर्षीय भिलाभिसेन्सियो कारमा रहेका बेला एक व्यक्तिले गोली प्रहार गरेको बताएका छन्। गोली प्रहार गर्ने व्यक्ति पनि प्रहरीको गोली लागेर मारिएका छन् ।
इक्वेडरमा आगामी २० अगस्टमा राष्ट्रपति पदको पहिलो चरणको निर्वाचन हुँदैछ । वर्तमान राष्ट्रपति गुईलेर्मो लास्सोले उक्त घटनाले आफूलाई आक्रोशित र स्तब्ध बनाएको भन्दै घटनामा संलग्नहरुविरुद्ध कडा कारबाही गर्ने प्रतिबद्धता जनाएका छन् ।
इक्वेडरमा लागूऔषध उत्पादक र सरकारबीचको द्वन्द्वले हिंसाका घटना अत्यधिक बढेको बीबीसीले जनाएको छ। आगामी राष्ट्रपति निर्वाचनका उम्मेदवारहरुले लागूऔषध नियन्त्रणलाई आफ्नो प्रमुख एजेण्डा बनाएका छन्। भिलाभिसेन्सियोले भ्रष्टाचार र लागूऔषध नियन्त्रणलाई प्रमुख मुद्दा बनाएका थिए ।
क्याटेगोरी : विदेश, समाचार
ट्याग : #इक्वेडरमा आगामी राष्ट्रपति, #चुनावी र्याली
ताजा खबर
- १मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
- २मुलुकमा नातावाद, कृपावाद र पक्षपातको अन्त्य हुनुपर्दछः प्रधानमन्त्री कार्की
- ३सरकारले संघीय संसदलाई अदृश्य ढंगले बन्देज लगाउने प्रयास गरिरहेको छः देवराज घिमिरे
- ४प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको गुनासोः ‘प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ’
- ५रुकुमपश्चिम कांग्रेसमा उम्मेद्वार सिफारिसमा किचलो, सहमति नै नभई कसरी बाहिरियो नाम ?



तपाईको कमेन्ट लेख्नुहोस्