Techie IT
  • १९ वैशाख २०८२, शुक्रबार
KhojPatrika

एकदीवसीय विश्वकप छनोटमा आज नेपाल र अमेरिका आमनेसामने, जित्नैपर्ने दबाबमा नेपाल


काठमाडौं । जिम्बाब्बेमा जारी एकदीवसीय विश्वकप छनोटमा आज नेपालले अमेरिकासँग प्रतिष्पर्धा गर्दैछ । नेपाल र अमेरिकाबिचको खेल नेपाली समय अनुसार १२ बजेर ४५ मिनेटमा सुरु हुनेछ । एकदीवसीय विश्वकप छनोटको पहिलो खेलमा घरेलु टोली जिम्बाब्बेसंग ८ विकेटले पराजित नेपाल जित्नकै लागि मैदानमा उत्रिनेछ । १० टोली सहभागी रहेको विश्वकप छनोटमा शिर्ष २ टोली भारतमा हुने एकदीवसीय विश्वकपमा स्थान बनाउनेछन् ।

आईसीसी एकदीवसीय विश्वकप छनोट अन्र्तगर्तको पहिलो खेलमा जिम्बाब्बेसंग पराजित नेपाल आफ्नो दोस्रो खेलमा अमेरिकाको सामना गर्दैछ । मंगलबार नेपालले नेपाली समय अनुसार दिउँसो १२ बजेर ४५ मिनेटमा अमेरिकासंग जिम्बाब्बेको तक्सिंगा क्रिकेट क्लबको मैदानमा प्रतिष्पर्धा गर्न लागेको हो । पहिलो खेलमा घरेलु टोली जिम्बाब्बेसंग ८ विकेटले पराजित भएको नेपाल अमेरिकालाई हराउदैँ विश्वकप छनोट यात्रा कायम राख्न चाहान्छ । आफ्नो पहिलो खेलमा वेष्टइण्डिजसँग ३९ रनले पराजित अमेरिका समेत नेपाललाई हराउँदै विश्वकप छनोट यात्रा थप मजबुत बनाउन चाहन्छ ।

पहिलो खेलमा हार ब्यहोरेका यी दुई टोली नेपाल र अमेरिका एकअर्कालाई हराउँदै अंकतालिकामा अंक जोड्न चाहान्छन् । एकदीवसीय विश्वकप छनोटको पहिलो खेलमा ओपनर कुशल भुर्तेल र आशिफ शेखको किर्तिमानी सतकीय साझेदारीकावीच घरेलु टोलीसंगको सम्मानजनक हारसंगै नेपालको विश्वकप छनोट हुने सम्भावनमा कालो बादल मडारीएको छ । त्यसका बाबजुत पनि नेपाल यसरी विश्वकप छनोटको सुपर सिक्समा प्रबेश गर्नसक्छ, विश्वकप छनोटको यात्रा कायम राख्न पहिलो कुरा नेपालले बाँकी ३ मध्य कम्तिमा २ खेलमा स्पष्ट जित निकाल्नु पर्छ ।

यदि नेपालले ३ खेलमा ३ जित निकालेको खण्डमा नेपाललाई सुपर सिक्समा स्थान बनाउन कसैले पनि रोक्न सक्दैन । यदि त्यसो हुन सकेन भने कम्तिमा २ खेल जित्नुपर्छ र अन्य टोलीको नतिजामा भर पर्नुपर्ने हुन्छ । अंकआधारमा शिर्ष तिन टोलीले सुपर सिक्समा स्थान बनाउने हुनाले नेपालको सम्भावन जिवितै रहेको छ । तर त्यसका लागि मंगलबारको खेलमा नेपालले अमेरिकालाई हराउँनुको विकल्प छैन् ।

अहिलेसम्म नेपाल र अमेरिकावीच ६ एकदीवसीय खेल भएका छन् । जसमा नेपालले ३ खेलमा जित हात पारेको छ भने अमेरिकाले २ खेलमा जित हात पारेको छ । १ खेल टाइ हुँदा बराबरीमा सकिएको छ । एकदीवसीय प्रतिष्पर्धाको हिसाबमा वा हेड टु हेडका आधारमा नेपाल अमेरिका भन्दा अगाडी देखिएको छ ।

नेपाल तक्सिंगा क्रिकेट क्लबको मैदानमा समुह ‘ए’ को सबैभन्दा कमजोर टिमका रुपमा रहेको अमेरिकालाई हराउने लक्ष्यका साथ मैदानमा उत्रिनेछ । आइतबार जिम्बाब्बेसंगको हारमा नेपालको नेपालको बलिङ लाइनमा ब्यापाक सुधार गर्नुपर्ने देखिन्छ भने मध्यक्रमका ब्याटरले कृजमा टिक्नसक्ने मानसिकताको विकाश गर्नेपर्ने देखिन्छ ।


क्याटेगोरी : खेलकुद, प्रमुख समाचार, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #अमेरिकासँग प्रतिष्पर्धा, #एकदीवसीय विश्वकप छनोट, #जिम्बाब्बेमा

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं