पाकिस्तानको बलुचिस्तान जिल्लामा सरकारी भवन र सेनामाथि आक्रमण
क्वेटा । बलुचिस्तानका पञ्जगुर र केच जिल्लाहरूमा पाकिस्तानी सरकारी भवन र सेनामाथि आक्रमण भएको द बलुचिस्तान पोस्टले समाचार लेखेको छ। समाचार अनुसार चीन—पाकिस्तान आर्थिक कोरिडोर मार्गमा पञ्जगुर ग्रेड स्टेशनमा पाकिस्तानी सेनाको गाडीलाई लक्षित गरी बम आक्रमण भएको थियो।
बलुचिस्तान पोस्ट द्वारा उद्धृत स्थानीय स्रोतहरूका अनुसार, विस्फोटले पाकिस्तानी सेना घाइते भएका छन् र उनीहरूको एउटा गाडीमा क्षति भएको छ। तर, सरकारका प्रतिनिधिले भने यसबारे कुनै प्रतिक्रिया दिएका छैनन् ।
हमलाको लगत्तै, धेरै अतिरिक्त पाकिस्तानी सैन्य गाडीहरू घटनास्थलमा पुगेका थिए र तुरुन्तै क्षेत्रलाई घेरेका छन्। पछि, बलुच लिबरेशन आर्मी (बीएलए), एक सशस्त्र स्वतन्त्रता समर्थक संगठनले आक्रमणको जिम्मेवारी लिएको थियो। बीएलएका प्रवक्ता जियान्द बलोचका अनुसार आक्रमणमा दुई पाकिस्तानी सेनाको मृत्यु भएको छ भने तीन जना घाइते भएको दाबी गरेका छन् ।
क्याटेगोरी : विदेश, समाचार
ताजा खबर
- १पार्टी नेता, कार्यकर्तालाई ओलीको निर्देशनः आर्मीले मार्च गरेजस्तो ताल मिलाएर हिँड्नू
- २एमाले केन्द्रिय कमिटी बैठक पुस २६, २७ र २८ गते बोलाइयो
- ३१५ औं महाधिवेशनमा सहमहामन्त्री माग्छु, नदिए महामन्त्रीमा लड्छुः काँग्रेस नेता शर्मा
- ४रवि लामिछाने चितवन हुँदै भैरहवा जाने
- ५काठमाडौँमै रोकिए रवि लामिछाने,भैरहवामा मौसम खराव



तपाईको कमेन्ट लेख्नुहोस्