राष्ट्रिय सहकारी बैंकका कर्मचारीहरूलाई क्षमता अभिवृद्धि तालिम प्रदान
ललितपुर । राष्ट्रिय सहकारी बैक लिमिटेडले आफ्ना कर्मचारीहरूलाई निरन्तर क्षमता अभिवृद्धि तालिम प्रदान गरेकोे छ । सुनसरीको इटहरीमा जेठ २७ र २८ गते सञ्चालन गरिएको २ दिवसीय तालिममा बैंकको मधेश प्रदेश र कोशी प्रदेशमा रहेका शाखा कार्यालयहरूमा कार्यरत सहायक स्तरका २५ जना कर्मचारीहरूको सहभागिता रहेको थियो ।
बैंकमा कार्यरत कर्मचारीहरूको क्षमता अभिवृद्धि गरी बैंकको साख र गरीमा वृद्धिमा कर्मचारीहरूलाई सरिक बनाई छिटो छरितो, गुणस्तरीय र प्रविधियुक्त सेवा सञ्चालनका लागि कर्मचारीहरूलाई दक्ष बनाउने उद्देश्यले तालिम सञ्चालन गरेको बैंकले जनाएको छ ।
तालिमको पहिलो बैंकका सूचना सुरक्षा अधिकृत विपुल गौतमले साइबर सुरक्षाको विषयमा र दोस्रो दिन उत्कृष्टता सदस्य सेवा, कागजात तथा जालसाजी र जाली मुद्राको प्रमाणीकरणको विषयमा मुकुल प्रधानले प्रस्तुतीकरण दिएका थिए ।
क्याटेगोरी : अर्थ, देश/दुनियाँ, समाचार
ताजा खबर
- १बहुमतका आधारमा प्रतिनिधिसभाको उम्मेद्वार सिफारिस गर्दा रुकुमपश्चिमको कांग्रेसमा खैलाबैला !
- २उपाध्यक्ष देवराज लामालाई श्रम संस्कृति पार्टीले गर्यो निलम्बन
- ३एडीबीले नेपाललाई १४ अर्ब ५९ करोड बराबर ऋण दिने
- ४संसद् विघटनविरुद्ध कांग्रेसको रिटमा कारण देखाऊ आदेश
- ५एमाले महाधिवेशन–मतदान प्रक्रिया स्थगित, भोलि बिहान ८ बजेबाट हुने



तपाईको कमेन्ट लेख्नुहोस्