जम्मू र कश्मीर चलचित्र छायाँङ्कनको लागि प्रमुख गतब्य बन्दै
कश्मीर । जम्मू र कश्मीर चलचित्र उद्योगको छायाँङ्कनको लागि प्रमुख गन्तव्य बन्ने निश्चित भएको छ । भर्खरै सरकारले चलचित्र छायांकनका लागि लगभग ३०० नयाँ स्थान ( गन्तव्यहरू) पहिचान गरेको छ। जम्मू र कश्मीरको कुनै समय १९६० र १९७० को दशकमा चलचित्र निर्माताहरूको लागि प्रमुख गन्तव्य थियो। राज्यमा फिल्म पर्यटनको पुनरुत्थानको साथ जम्मू–कश्मीर ले चलचित्र प्रोडक्शन घर र फिल्म निर्मातालाई चलचित्र, वेब श्रृंखला र सिरियलहरू शूट गर्न आकर्षित गर्ने लक्ष्य राखेको छ।
‘हामी चलचित्र छायांकनको लागि ३०० नयाँ स्थानको छनौट गरेका छौँ । चलचित्रका सरोकार व्यक्तिले सुटिङको लागि कुनै पनि गन्तव्य छनौट गर्न सकून्। सरकारले उनीहरूलाई सबै सम्भव तरिकामा सुविधा दिनेछ,’ जम्मू–कश्मीर पर्यटन विभागका प्रशासनिक सचिव सैयद आबिद रसिद शाहले भने। गत वर्ष, जम्मू–कश्मीरमा २०० भन्दा बढी चलचित्रहरू, वेब शृङ्खलाहरू र सिरियलहरू खिचिएका थिए जुन कश्मीरमा चलचित्र पर्यटनको पुनरुत्थानको ठूलो संकेत हो।
‘प्रमुख फिल्म स्टारहरू भर्खरै कश्मीरमा एक हप्ताको लागि आएका थिए र उपत्यकाभर छायाङ्कन गरेका थिए। म उनीहरू सबैलाई यहाँ आफ्ना फिल्महरू शूट गर्न खुला निमन्त्रणा दिन्छु,’ शाहले भने। फिल्म ‘वेलकम टु कश्मीर’ ले कश्मीरी संस्कृतिलाई प्रवर्द्धन गर्ने र यसको सौन्दर्य र सकारात्मकतालाई विश्वसामु देखाउने उद्देश्य राखेको छ। फिल्मका निर्देशक तारिक भट आफ्नो डेब्यु फिल्मबाट दर्शकलाई कश्मीरको यात्रामा लैजान चाहन्छन्, जहाँ त्यहाँका बासिन्दाहरूको न्यानोपन र लचिलोपनले मात्र भूमिको सौन्दर्यलाई पार गरेको छ। यो चलचित्रले महिला सशक्तिकरण, महिला सुरक्षा, लागूपदार्थको लत र जम्मू—कश्मीर पुलिसको भूमिकालाई समेट्छ।
क्याटेगोरी : विदेश, समाचार
ताजा खबर
- १शीतल निवासले सरकार–तीन दल खोल्यो छलफलको ढोका, अब बालुवाटारमा जुट्ने
- २क्रियाशील सदस्यता वितरणमा समन्वय र सहजीकरण गर्न जिल्ला सभापतिहरूलाई कांग्रेसको निर्देशन
- ३सर्वपक्षीय बैठकमा प्रधानमन्त्री कार्कीः निर्वाचनलाई संकट हैन, खुशीको रुपमा लिऔं
- ४सिंहदरबार बैठकमा रास्वपाको दाबीः दलका नेता, उम्मेदवार र मतदाताको सुरक्षाको जिम्मा सरकारले लिनुपर्छ
- ५कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच छलफल



तपाईको कमेन्ट लेख्नुहोस्