भारत सरकारको जमिन बाँडफाँड नीतिका कारण जम्मु र कश्मीरका घुमन्ते हर्षित
 
	
				
			जम्मू कश्मीर । जम्मु र कश्मीरमा बसोबास गर्ने घुमन्ते र विस्थापित मानिसहरूले सरकारको प्रस्तावित भूमि बाँडफाँड नीतिको स्वागत गरेका छन्। यो नीतिले अन्तिम स्वीकृति नपाए पनि मस्यौदा तयार भइसकेको खबरले उनीहरुमा खुसीको लहर छाएको छ । जम्मू—कश्मीरमा ठूलो संख्यामा मानिसहरु छन् जोसँग जग्गा छैन र आफ्नै घर छैन।
सरकारले इन्दिरा आवास योजनाअन्तर्गत घर निर्माणका लागि जग्गा उपलब्ध गराउने बृहत् नीति तर्जुमा गरेको छ । उपराज्यपाल मनोज सिन्हाको अध्यक्षतामा बस्ने प्रशासकीय परिषद्को बैठकले नीति नियमावलीलाई अन्तिम रुप दिएको र छिट्टै अनुमोदन गर्ने अपेक्षा गरिएको स्रोतले जनाएको छ ।
स्मरण रहोस्, जम्मु कश्मीरका गरिब मानिसहरूलाई प्रधानमन्त्री आवास योजना पीएमएवाई अन्तर्गत घर निर्माणका लागि आर्थिक सहयोग दिइएको थियो, तर अब घर बनाउन जग्गा नभएकाहरूलाई जग्गा दिने व्यवस्था गरिने छ। यस वर्ष माघ–फागुनमा अतिक्रमण विरुद्धको अभियानका क्रममा सरकारले अवैध अतिक्रमण गर्नेहरूबाट हजारौं बिगाा सरकारी जग्गा बरामद गरेको छ, जसको पूर्ण सूची तयार गरी त्यसको जीआई ट्यागिङ पनि गरिएको छ । सो जग्गाबाट अब घरबारविहीनलाई यो जग्गा दिने व्यवस्था मिलाउने नीति बनेको छ ।
यसका साथै पुनः प्राप्त जग्गामा सार्वजनिक प्रयोजनका लागि विद्यालय, अस्पताल र अन्य संरचना निर्माण गरिनेछ । पीएमएवाई अन्तर्गत स्वीकृत घरहरूको विस्तारको लागि मानिसहरूलाई जग्गा बाँडफाँड गर्ने अन्य राज्यहरू र केन्द्र शासित प्रदेशहरू जस्तो भूमिहीनहरूलाई घरहरू निर्माण गर्नको लागि जग्गा बाँडफाँडको नीति अहिले सम्म लागू भएको थिएन । अब पीएमएवाई अन्तर्गत घरहरू निर्माणका लागि आर्थिक सहयोग गर्नुअघि जग्गा बाँडफाँड गरिनेछ र यो निर्णयको व्यापक प्रशंसा भएको छ।
क्याटेगोरी : विदेश, समाचार
ताजा खबर
- १संवैधानिक इजलासको आदेशः प्रतिनिधिसभा विघटनविरुद्ध अन्तरिम आदेश जारी भएन
- २राष्ट्रपति पौडेलेको कतार भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
- ३वरिष्ठ अधिवक्ता भण्डारीको जिकिरः भदौ २३ को घटना छानबिन गर्न अन्तरिम आदेश जारी हुनुपर्छ
- ४राष्ट्रिय सभामा रिक्त सदस्यको निर्वाचन माघ ११ गते गर्ने सरकारको निर्णय
- ५आन्दोलनरत नर्सहरूका माग तत्काल सम्बोधन गर्न सरकारसँग प्रचण्डको माग

 
                                                         
				 
				 
				 
				 
				 
				

तपाईको कमेन्ट लेख्नुहोस्