चीनः युनानमा चर्चका पास्टर वान चाङचुन पक्राउ
बेइजिङ । चीनका चर्चित चर्चका पास्टर वान चाङचुनलाई यस महिनाको सुरुमा युनान प्रान्तको लिजियाङ क्षेत्रमा यात्रा गर्दागर्दै पक्राउ परेका छन्। उनलाई आन्हुई प्रान्तको बेङ्बुको गृहनगरको जेलमा थुनिएको छ, बिटर विन्टरले उनका सहकर्मीहरूले दिएको जानकारीलाई उद्धृत गर्दै समाचार लेखेको छ ।
वान चाङचुन बेङ्बुको लिभिङ स्टोन रिफर्म्ड चर्चका पास्टर हुन्। समाचार अनुसार पास्टर वान चाङचुनकी श्रीमती र धेरै एल्डरहरू र लिभिङ स्टोन रिफर्म्ड चर्चका सहकर्मीहरूलाई सोधपुछको लागि प्रहरी स्टेशनमा लगिएको थियो भने सोधपुछ पछि छोडिएको थियो ।
चर्चको बैंक खाता बन्द गरिएको थियो जबकि पास्टर वानको घरमा प्रहरीले अप्रिल १२मा छापा मारेको थियो। बिटर विन्टर अनुसार धार्मिक वस्तु र कागजातहरू जफत गरियो। समाचार अनुसार वाङलाई अवैध व्यापार गरेको आरोपमा हिरासतमा राखिएको छ।
क्याटेगोरी : विदेश, समाचार
ताजा खबर
- १बजारमा बेथिति मौलाएको बेला उद्योग मन्त्रीमा दीपक साह, सक्लान् त ग्यास दिन ?
- २कांग्रेस सभापति दश बर्ष, ५ पटक प्रधानमन्त्री बनेका देउवा, अझै सक्रिय बन्न किन खोज्दैछन् ?
- ३प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
- ४शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा
- ५मोरङ कारागारमा प्रहरीको छापा, १० लाख नगद र फलामे रड बरामद



तपाईको कमेन्ट लेख्नुहोस्