चीनः युनानमा चर्चका पास्टर वान चाङचुन पक्राउ
बेइजिङ । चीनका चर्चित चर्चका पास्टर वान चाङचुनलाई यस महिनाको सुरुमा युनान प्रान्तको लिजियाङ क्षेत्रमा यात्रा गर्दागर्दै पक्राउ परेका छन्। उनलाई आन्हुई प्रान्तको बेङ्बुको गृहनगरको जेलमा थुनिएको छ, बिटर विन्टरले उनका सहकर्मीहरूले दिएको जानकारीलाई उद्धृत गर्दै समाचार लेखेको छ ।
वान चाङचुन बेङ्बुको लिभिङ स्टोन रिफर्म्ड चर्चका पास्टर हुन्। समाचार अनुसार पास्टर वान चाङचुनकी श्रीमती र धेरै एल्डरहरू र लिभिङ स्टोन रिफर्म्ड चर्चका सहकर्मीहरूलाई सोधपुछको लागि प्रहरी स्टेशनमा लगिएको थियो भने सोधपुछ पछि छोडिएको थियो ।
चर्चको बैंक खाता बन्द गरिएको थियो जबकि पास्टर वानको घरमा प्रहरीले अप्रिल १२मा छापा मारेको थियो। बिटर विन्टर अनुसार धार्मिक वस्तु र कागजातहरू जफत गरियो। समाचार अनुसार वाङलाई अवैध व्यापार गरेको आरोपमा हिरासतमा राखिएको छ।
क्याटेगोरी : विदेश, समाचार
ताजा खबर
- १पार्टी नेता, कार्यकर्तालाई ओलीको निर्देशनः आर्मीले मार्च गरेजस्तो ताल मिलाएर हिँड्नू
- २एमाले केन्द्रिय कमिटी बैठक पुस २६, २७ र २८ गते बोलाइयो
- ३१५ औं महाधिवेशनमा सहमहामन्त्री माग्छु, नदिए महामन्त्रीमा लड्छुः काँग्रेस नेता शर्मा
- ४रवि लामिछाने चितवन हुँदै भैरहवा जाने
- ५काठमाडौँमै रोकिए रवि लामिछाने,भैरहवामा मौसम खराव



तपाईको कमेन्ट लेख्नुहोस्