पाकिस्तानमा आतंकवादका कारण मृत्यु हुनेमा संख्यामा वृद्धि : रिपोर्ट
इस्लामाबाद । पाकिस्तानमा सन् २०२३ को पहिलो त्रैमासिकमा आतंकवादका कारण मृत्यु हुनेको संख्यामा रेकर्ड वृद्धि भएको सेन्टर फर रिसर्च एन्डको प्रतिवेदनले दाबी गरेको छ। यस अवधिमा, पाकिस्तानमा आतंककारी गतिविधि र आतंकवाद विरोधी कार्यहरूमा झन्डै ८५४ जना मारिएका वा घाइते भएका छन्। जनवरी देखि मार्च २०२३ सम्म कुल ३५८ जना मारिएका छन् भने ४९६ जना घाइते भएका छन्। यो संख्या २०२२ मा भएको कुल मृत्युको आधा हो।
सिड्नीमा आधारित इन्स्टिच्युट फर इकोनोमिक्स एन्ड पीस (आईईपी)को हालैको ग्लोबल टेररिज्म इन्डेक्स (जीटीआई) २०२३ मा अफगानिस्तान र पाकिस्तानलाई २०२२ मा आतंकवादबाट सबैभन्दा बढी प्रभावित दश देशहरूमा सूचिमा राखिएको छ, जसमा पाकिस्तानमा मृत्यु हुनेको संख्या उल्लेखनीय रूपमा बढेर ६४३ पुगेको छ।
प्रतिवेदनका अनुसार जातीय–राष्ट्रवादी संगठन बलुचिस्तान लिबरेसन आर्मीद्वारा आक्रमणमा वृद्धि भएसँगै मृतकको संख्या वृद्धि भएको उल्लेख गरेको छ। यस्तै, तेहरिक–ए–तालिबानका कारण पाकिस्तानमा मृत्युको संख्यामा दोब्बर भएको छ भने इस्लामिक स्टेट–खोरासानका कारण पाकिस्तानमा मृत्युको संख्या सात गुणाले बढेको छ। पाकिस्तानमा मृत्यु भएका मध्ये एक तिहाइ मृत्युको लागि बीएलए जिम्मेवार रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
क्याटेगोरी : विदेश, समाचार
ताजा खबर
- १बजारमा बेथिति मौलाएको बेला उद्योग मन्त्रीमा दीपक साह, सक्लान् त ग्यास दिन ?
- २कांग्रेस सभापति दश बर्ष, ५ पटक प्रधानमन्त्री बनेका देउवा, अझै सक्रिय बन्न किन खोज्दैछन् ?
- ३प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
- ४शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा
- ५मोरङ कारागारमा प्रहरीको छापा, १० लाख नगद र फलामे रड बरामद



तपाईको कमेन्ट लेख्नुहोस्