पाकिस्तानमा आतंकवादका कारण मृत्यु हुनेमा संख्यामा वृद्धि : रिपोर्ट
इस्लामाबाद । पाकिस्तानमा सन् २०२३ को पहिलो त्रैमासिकमा आतंकवादका कारण मृत्यु हुनेको संख्यामा रेकर्ड वृद्धि भएको सेन्टर फर रिसर्च एन्डको प्रतिवेदनले दाबी गरेको छ। यस अवधिमा, पाकिस्तानमा आतंककारी गतिविधि र आतंकवाद विरोधी कार्यहरूमा झन्डै ८५४ जना मारिएका वा घाइते भएका छन्। जनवरी देखि मार्च २०२३ सम्म कुल ३५८ जना मारिएका छन् भने ४९६ जना घाइते भएका छन्। यो संख्या २०२२ मा भएको कुल मृत्युको आधा हो।
सिड्नीमा आधारित इन्स्टिच्युट फर इकोनोमिक्स एन्ड पीस (आईईपी)को हालैको ग्लोबल टेररिज्म इन्डेक्स (जीटीआई) २०२३ मा अफगानिस्तान र पाकिस्तानलाई २०२२ मा आतंकवादबाट सबैभन्दा बढी प्रभावित दश देशहरूमा सूचिमा राखिएको छ, जसमा पाकिस्तानमा मृत्यु हुनेको संख्या उल्लेखनीय रूपमा बढेर ६४३ पुगेको छ।
प्रतिवेदनका अनुसार जातीय–राष्ट्रवादी संगठन बलुचिस्तान लिबरेसन आर्मीद्वारा आक्रमणमा वृद्धि भएसँगै मृतकको संख्या वृद्धि भएको उल्लेख गरेको छ। यस्तै, तेहरिक–ए–तालिबानका कारण पाकिस्तानमा मृत्युको संख्यामा दोब्बर भएको छ भने इस्लामिक स्टेट–खोरासानका कारण पाकिस्तानमा मृत्युको संख्या सात गुणाले बढेको छ। पाकिस्तानमा मृत्यु भएका मध्ये एक तिहाइ मृत्युको लागि बीएलए जिम्मेवार रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
क्याटेगोरी : विदेश, समाचार
ताजा खबर
- १संवैधानिक इजलासको आदेशः प्रतिनिधिसभा विघटनविरुद्ध अन्तरिम आदेश जारी भएन
- २राष्ट्रपति पौडेलेको कतार भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
- ३वरिष्ठ अधिवक्ता भण्डारीको जिकिरः भदौ २३ को घटना छानबिन गर्न अन्तरिम आदेश जारी हुनुपर्छ
- ४राष्ट्रिय सभामा रिक्त सदस्यको निर्वाचन माघ ११ गते गर्ने सरकारको निर्णय
- ५आन्दोलनरत नर्सहरूका माग तत्काल सम्बोधन गर्न सरकारसँग प्रचण्डको माग


तपाईको कमेन्ट लेख्नुहोस्