जी–२० अन्तर्गत विकास समूहको दोस्रो बैठक केरलाको कुमारकोममा सम्पन्न
कुमारकोम । जी–२० अन्र्तगत विकास कार्य समूहको दोस्रो बैठक केरलाको कुमारकोममा सफलतापूर्वक सम्पन्न भएको छ। अप्रिल ६ देखि ९ सम्म भएको बैठकमा जी–२० सदस्य राष्ट्र, ९ आमन्त्रित देशहरू र विभिन्न अन्तर्राष्ट्रिय र क्षेत्रीय संगठनहरूका ८० भन्दा बढी प्रतिनिधिहरूले सहभागी भएका थिए ।
बैठकको एजेन्डामा दिगो विकास लक्ष्यहरू, वातावरणको लागि जीवनशैली, डिजिटल सिद्धान्तहरू र विकासका लागि डेटाको लागि क्षमता निर्माण, विश्वव्यापी रूपमा न्यायपूर्ण, महिलाहरूको नेतृत्वमा रहेको हरित संक्रमणमा प्रगतिलाई गति दिन जी–२० को भूमिकाबारे छलफलहरू समावेश थिए।
बैठकहरूको छलफलले यस वर्ष जुनमा हुने जी–२० विकास मन्त्रीस्तरीय बैठकको छलफलमा एजेण्डा तय गर्नेछ। देशहरूले दिगो विकास, महिला सशक्तिकरण र समग्र विकास हासिल गर्नमा उनीहरूको भूमिका र विश्वव्यापी रूपमा न्यायोचित हरित संक्रमणबाट अवसरहरू सदुपयोग गर्न जी–२० को भूमिकाका लागि एक सक्षमकर्ताको रूपमा विचार विर्मश भएको छ ।
क्याटेगोरी : विदेश, समाचार
ताजा खबर
- १बजारमा बेथिति मौलाएको बेला उद्योग मन्त्रीमा दीपक साह, सक्लान् त ग्यास दिन ?
- २कांग्रेस सभापति दश बर्ष, ५ पटक प्रधानमन्त्री बनेका देउवा, अझै सक्रिय बन्न किन खोज्दैछन् ?
- ३प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
- ४शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा
- ५मोरङ कारागारमा प्रहरीको छापा, १० लाख नगद र फलामे रड बरामद



तपाईको कमेन्ट लेख्नुहोस्